• २०८१ बैशाख ७ शुक्रबार

निर्देशक राजामौलीले बाहुबलीपछि अर्को ठुलो फिल्म बनाउने घोषणा

kharibot

मुम्बई । बाहुबली फ़्र्यान्चाइजका निर्देशक एसएस राजामौलीले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । 

आलियाले बाहुबली फेम निर्देशक राजामौलीको फिल्ममा अभिनय आधिकारिक रुपमा घोषणा गरिएको छ । त्रिपल आर (आरआरआर) नाम राखिएको सो फिल्ममा दक्षिण भारतीय सुपरस्टारहरू राम चरण, जुनियर एनटिआर, बलिवुड अभिनेता अजय देवगन तथा अभिनेत्री आलिया भट्टको अभिनय हुने छ ।

फिल्ममा आलिया अभिनेता राम चरणको अपोजिटमा हुने बताइएको छ । आलियाको भूमिका फिल्ममा सशक्त रहेको निर्देशक राजामौलीले बताएका छन् । फिल्म सन् १९२० को कथामा बन्ने छ, जसमा अंग्रेजविरुद्धको लडाईमा संलग्न दुई तामिल फ्रिडम फाइटरको कथा हुने छ । फिल्ममा आलियाको नाम सीता हुने छ । फिल्ममा अजय देवगनको भूमिका भने एक उत्तर भारतीयको हुने बताइएको छ ।

तलेगु, तामिल, मलायालम तथा हिन्दी भाषामा निर्माण हुने यो फिल्म पनि ठुलो बजेटको फिल्म हुने भएको छ । फिल्म २०२० को जुलाई ३० मा रिलिज हुने छ । 

एसएस राजमौलीका पछिल्ला दुई चलचित्र ‘बाहुबली: द बिगीनिंग’ र ‘बाहुबली २: द कन्क्लुजन’ ले बक्सअफिसमा कीर्तिमानी व्यापार गरेका थिए । २०१५ मा रिलिज भएको बाहुबलीको पहिलो भागले बक्स अफिसमा करीब ६५० करोड भारुको कमाइ गरेको थियो भने यसको सिक्वेलले १८०० करोड भारु भन्दा बढीको कमाइ गर्न सफल भएको थियो । यी दुवै चलचित्र रिलिज हुदाँ त्यति बेलाको सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रको कीर्तिमान राख्न सफल भएका थिए ।

त्यसैगरी आलिया भट्टलाई अहिलेको समयमा बलिउडको सबैभन्दा उत्कृष्ट अभिनेत्रीको रुपमा हेरिएको छ । आलियाको अब नयाँ मल्टी-स्टारर फिल्म कलंक आगामी अप्रिल १७ मा रिलिज हुदै छ । सो फिल्ममा आलियासँगै बरुण धवन, आदित्य राय कपुर, सोनाक्षी सिन्हा, माधुरी दिक्षित, संजय दत्त जस्ता कलाकारले अभिनय, गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै