ह्याट्रिक पछिको सेलेब्रेसनले रोनाल्डोलाई प्रतिबन्ध लाग्न सक्ने !

खरीबोट

काठमाडौँ । विश्व फुटबलमा यो साता युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक चर्चामा रह्यो । रोनाल्डोको ह्याट्रिकको मद्धतले युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । 

एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अहिले विवादमा आएको छ । रोनाल्डोले गरेको सो व्यवहारका कारण उनलाई क्वाटरफाइनलको एक खेलमा प्रतिबन्ध समेत लाग्न सक्ने मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

रोनाल्डोले प्रि-क्वाटरफाइनलको पहिलो लिगमा एथलेटिकोले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेपछि एथलेटिकोका म्यानेजर डिएगो सिमोओनीले युभेन्ट्सका फ्यानलाई संकेत गर्दै सेलेब्रेसन गरेपछि उनलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै २३ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो । अहिले रोनाल्डोको पनि त्यस्तै सिमोओनीले जस्तै व्यवहार भएकाले उनलाई पनि जरिवाना हुन सक्ने वा प्रतिबन्ध समेत लाग्न सक्ने बताइएको छ । इटालीका मिडियाले पनि रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।

रोनाल्डोको सेलेब्रेसन पछि एथलेटिकोका म्यानेजर सिमोओनीले स्वाभाविक रुपमा लिदै आफुले गरेजस्तै रोनाल्डोले पनि सेलेब्रेसन गरेको बताएका थिए ।

तर रोनाल्डोलाई प्रतिबन्ध लाग्ने नलाग्ने बारे भने अहिले नै केहि भन्ने अवस्था भने छैन । यस घटनालाई युइएफएले कसरी ब्याख्या गर्छ यसमा नै रोनाल्डोलाई के कारवाही हुन्छ भन्ने निश्चित हुने बताइएको छ । खेल विश्लेषकहरुले भने प्रतिबन्ध नभएर कम्तिमा न्युनतम जरिवाना भने रोनाल्डोलाई हुन सक्ने बताएका छन् ।   
 
 

सम्बन्धित समाचार

बेलुन डोअर बहस : रोनाल्डो बाहिरिए, मेसी निर्विकल्प ! 

काठमाडौँ । च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएसँगै यस सिजनको बेलुन डो अरको विजयी बार्सिलोनाका लियोनेल मेसी निर्विक्लप भएको बहस सुरु भएको छ । पछिल्लो १० बर्ष विश्व फुटबलमा राज गरेका क्रिस्टियानो रोनाल्डो

लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।  गएराती सम्पन्न खेलमा लिभरपुलले पोर्चुगलको क्लब पोर्टोलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-१ को नतिजासहित च्याम्पियन्स लिगको सेमिफाइनलमा

भार भिलेन बनेपछि म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरियो 

काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट नाटकीय रुपमा बाहिरएको छ । गएराती सम्पन्न खेलमा ४-३ गोल अन्तरको नतिजा निकाले पनि पहिलो लिगको १-० अन्तरको हारका कारण समग्रमा ४-४ को नतिजा सहित

च्याम्पियन्स लिगबाट बाहिरिएसँगै युभेन्टसको सेयर मुल्यमा गिरावट 

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएसंगै इटालियन क्लब युभेन्टसको सेयर मुल्य घटेको छ । मंगलबार राति नेदरल्याण्डसको अयाक्स क्लबसँग पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसको सेयर २२ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय मिडियाहरुले


z