• २०८१ बैशाख ६ बिहीबार

ह्याट्रिक पछिको सेलेब्रेसनले रोनाल्डोलाई प्रतिबन्ध लाग्न सक्ने !

kharibot

काठमाडौँ । विश्व फुटबलमा यो साता युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक चर्चामा रह्यो । रोनाल्डोको ह्याट्रिकको मद्धतले युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । 

एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अहिले विवादमा आएको छ । रोनाल्डोले गरेको सो व्यवहारका कारण उनलाई क्वाटरफाइनलको एक खेलमा प्रतिबन्ध समेत लाग्न सक्ने मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

रोनाल्डोले प्रि-क्वाटरफाइनलको पहिलो लिगमा एथलेटिकोले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेपछि एथलेटिकोका म्यानेजर डिएगो सिमोओनीले युभेन्ट्सका फ्यानलाई संकेत गर्दै सेलेब्रेसन गरेपछि उनलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै २३ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो । अहिले रोनाल्डोको पनि त्यस्तै सिमोओनीले जस्तै व्यवहार भएकाले उनलाई पनि जरिवाना हुन सक्ने वा प्रतिबन्ध समेत लाग्न सक्ने बताइएको छ । इटालीका मिडियाले पनि रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।

रोनाल्डोको सेलेब्रेसन पछि एथलेटिकोका म्यानेजर सिमोओनीले स्वाभाविक रुपमा लिदै आफुले गरेजस्तै रोनाल्डोले पनि सेलेब्रेसन गरेको बताएका थिए ।

तर रोनाल्डोलाई प्रतिबन्ध लाग्ने नलाग्ने बारे भने अहिले नै केहि भन्ने अवस्था भने छैन । यस घटनालाई युइएफएले कसरी ब्याख्या गर्छ यसमा नै रोनाल्डोलाई के कारवाही हुन्छ भन्ने निश्चित हुने बताइएको छ । खेल विश्लेषकहरुले भने प्रतिबन्ध नभएर कम्तिमा न्युनतम जरिवाना भने रोनाल्डोलाई हुन सक्ने बताएका छन् ।   
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै