बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

खरीबोट

सप्तरी । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ । 

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई विसं २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन् । 

आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो । 

आरोपितमध्ये कमलकिशोर, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए । 

धरौटी राखी तारेखमा रिहा भएका शम्भु, नवीन र फुदिनका हकमा उच्च अदालत जनकपुर राजविराज इजलासले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश दिएपछि प्रहरीले शम्भु र नवीनलाई गत मङ्सिर ३ गते पक्राउ गरेको थियो ।

तारेख गुजारेका फुदिन २०७५ पुस ८ गते अदालतमा हाजिर भएका थिए । श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका शम्भु, नवीन र फुदिनका हकमा जिल्ला अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको र दिपेशको हकमा मुद्दा मुल्तवी नै रहेको छ ।

सम्बन्धित समाचार

बलात्कारको कसुरमा छ वर्ष सजाय

नुवाकोट / बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३

बालिका बलात्कृत, आरोपी पक्राउ

गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी

जबर्जस्ती बलात्कारको अभियोगमा चार पक्राउ

पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम

छोरी बलात्कार गर्ने बाबु पक्राउ 

चितवन । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको


z