• २०८१ बैशाख १३ बिहीबार

हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गर्छु – कमल थापा 

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् ।

पार्टीको २ साता लामो मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज काठमाडौँको भृकुटीमण्डपमा समापन गर्दै थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।’

उनले भने, ‘०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएर दिएका काठमाडौंबासीले ०७४ मा पछाडिको १३ हजार मात्र भोट दिएको भन्दै उनले पटक पटक सरकारमा गएको जनतालाई मन परेन ।’ 

उनले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको ऐजेण्डा नछाड्ने बताए ।

थापाले संविधान गएपछि पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका छन् ।

‘म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने ।

‘विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति म दुख प्रकट गर्दै क्षमा याचना गर्न चाहन्छु’ उनले अघि भने ।

सभालाई सम्बोधन गर्दै उनले भने, ‘सरसर्ती हेर्दा देशमा अहिले कहिँ कतै समस्या नदेखिए पनि अलिकति गहिराईबाट हेरियो भने देशको जरजर अवस्था अनुभूत गर्न सकिने बताए ।’

अध्यक्ष थापाले तत्कालिन माओवादीसँग सम्झौतालाई संस्थागत गर्नेक्रममा देशको सास्कृतिक पहिचानलाई आक्रमण गरिएको बताउदै काठमाडौँका जनतालाई अगाडी आएर आफ्नो एजेन्डालाई समर्थन गर्न आग्रह गरे । उनले २०६२/६३ सालको आन्दोलनमा काठमाडौँमा कहिँ कतै हिन्दु राज्य हटाउने माग नउठेको बताउदै आन्दोलन पछि सबै भन्दा पहिलो आक्रमण हिन्दुराज्यमा भएको बताए । उनले विदेशीको दबाब र प्रभावमा परेर नेपालको पहिचानमाथि आक्रमण गरिएको बताए । त्यति बेला आफुहरु शान्ति खलबलिएला, माओवादी फेरी जंगल पस्ला भनेर आफुहरु चुप लागेको बताए ।

उनले भने, ‘राजाको मन्त्रिमन्डलमा गृहमन्त्री भएको नाताले त्यो आन्दोलन क्रान्तिमा टुंगिएर राजालाई फालेर आन्दोलन दुंगीएको थियो । त्यति बेला आन्दोलन कारी र राजाको सँगको सम्झौतापछि टुंगिएको थियो ।’

उनले राजसंस्थालाई सम्झौताको भावना विपरित पाखा लगाउने काम गरिएको दाबि उनले गरे ।

उनले विदेशीलाई नागरिकता बाडिएको, जातीय आधारमा देशलाई विभाजित गरिएको, जनमत संग्रह नै नगरी संघियता लागु गरिएको, आफैले आफैलाई मनोनित गरेर संबिधानमा संशोधन गरेर देशमा संघियता लगाइएको उनले दाबि गरे ।

अहिले १२ बर्षसम्म धैर्यताका साथ प्रतिक्षा गरेको तर देशले यति ठुलो त्याग बलिदानबाट आएको परिवर्तन पछि पनि देशमा विकास नभएको, गरिवी बढेको, ४० लाख भन्दा बढी विदेशमा श्रम बेच्न बाध्य बनाएको भएको बताउदै अध्यक्ष थापाले के यहि हो परिवर्तन ? भन्दै प्रश्न गरेका थिए ।

उनले भ्रष्ट्राचार गर्दिन भन्ने प्रधानमन्त्रीलाई एनसेल करछली प्रकरण, वाइडबडी प्रकरणका दोषीलाई कारवाही गर्न माग समेत गरे ।

सभालाई राप्रपाका वरिष्ठ नेता दिपक बोहोरा, बुद्धिमान तामाङसहित अन्य नेताहरुले सम्बोधन गरेका थिए ।

करीब दुई सातासम्म गरिएको उक्त यात्रामा करीब दुई हजार ८१० किमीको दूरी पूरा भएको थियो भने साना ठूला गरी करीब १५० सभा गरिएको राप्रपाले जानकारी दिएको छ । करीब ५०० यात्री सहभागी भएको यात्रामा स्थानीय सङ्गठनले आवश्यक सहयोग र सहकार्य गरेका थिए । 

पार्टीका अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दू, बौद्ध र किराँत धर्म झल्कने सन्देश तथा पशुपतिनाथ, गाई, बौद्ध स्तूपाका ब्यानरलाई प्रयोग गरिएको थियो । 

पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रहको माग गर्दै यही फागुन १५ गते ताप्लेजुङदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा विहिबार काठमाडौँ आइपुगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै