• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, को कुन क्लबसँग परे ?

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्सबीच आज ड्र गरिएको हो ।

आज सार्वजनिक गरिएको क्वाटरफाइनलको ड्र अनुसार युभेन्टसले एजाक्ससँग खेल्ने छ । त्यस्तै लिभरपुलले पोर्टोसँग खेल्ने छ ।

त्यस्तै बार्सिलोनाले म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ । त्यस्तै म्यानचेस्टर सिटीले प्रिमियर लिग क्लब टोटनह्यामसँग खेल्ने छ ।

क्वाटरफाइनलका खेलका पहिलो लिग अप्रिल ९-१० मा हुने छन् भने दोस्रो लिग अप्रिल १६-१७ मा हुने छन् ।

त्यस्तै च्याम्पियन्स लिगको सेमिफाइनलको समेत ड्र गरिएको छ । पहिलो सेमिफाइनलमा एजाक्स र युभेन्टसको विजेता तथा म्यानचेस्टर सिटी र टोटनह्यामको विजेताले खेल्ने छन् ।

त्यस्तै दोस्रो सेमिफाइनलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड तथा लिभरपुल र पार्टीबीचको विजेता क्लबले खेल्ने छन् ।

सेमिफाइनलका पहिलो लिग ३० अप्रिल र १ मेमा हुने छ भने दोस्रो लिग ७ र ८ मे मा हुने छ ।

त्यस्तै च्याम्पियन्स लिगको फाइनल खेल जुन १ मा एथलेटिको म्यदरी को घरेलु मैदानमा हुने छ ।   

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै