• २०८१ बैशाख ७ शुक्रबार

भारतमा अभ्यास खेल खेल्ने यू-१९ टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ । अन्डर १९ विश्वकप क्रिकेट छनौट खेलको तयारीका लागि भारत जाने १८ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ ।

भारतमा हुने ४ अभ्यास खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टिम छानिएको हो ।

अन्डर १९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रवि कुमार शाह, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी, आकास चन्द, सुर्य तामाङ, लोकेश बहादुर बम र शेर मल्ल रहेका छन् ।

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो त सुरज रत्न शाक्य अनालिष्ट रहेका छन् । त्यस्तै टिमका ब्याटिंग कन्सल्टेन्ट अपुर्वा देसाई तथा ट्रेनर सुबास पाट्रोले भारतमा नै नेपाली टिमसँग मिसिने छन् ।

भारतको आन्ध्र स्टेट क्रिकेट टिमसँग हुने ४ अभ्यासखेलका लागि नेपाली अन्डर १९ टिम शनिबार त्यसतर्फ जादै छ ।

आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौट खेलका लागि १४ सदस्यीय टिम भारत भ्रमण पछि छानिने नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीले जानकरी दिएका छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै