• २०८१ बैशाख ८ शनिबार

हिमाली क्षेत्रमा मूल्य बढ्यो

kharibot

काठमाडौँ । हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको सातौ महीनाको विवरणमा हिमाली क्षेत्रमा उपभोक्ता मुद्रास्फीति पाँच दशमलव तीन प्रतिशत रहेको पाइएको हो । 

यस्तै काठमाडौँ उपत्यकामा पाँच दशमलव दुई प्रतिशत, पहाडमा चार दशमलव नौ प्रतिशत र तराईमा तीन दशमलव चार प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति हिमाली, काठमाडौँ उपत्यका, पहाडी क्षेत्र र तराईमा क्रमशः पाँच दशमलव चार, चार दशमलव पाँच दशमलव एक र पाँच दशमलव छ प्रतिशत रहेको थियो । 

गत माघ महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पाँच प्रतिशत रहेको बैंकले जनाएको छ । गत माघ महीनामा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति दुई दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति चार प्रतिशत रहेको थियो । 

गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति पाँच दशमलव आठ प्रतिशत रहेको बैंकको विवरणमा समावेश छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति पाँच दशमलव आठ प्रतिशत नै रहेको थियो । 

यस्तै, नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गत माघ महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव चार प्रतिशत र भारतको दुई दशमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति पाँच प्रतिशत र भारतको चार दशमलव चार प्रतिशत रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै