• २०८१ बैशाख ७ शुक्रबार

सिमरास्थित हुलास स्टिलमा आगलागी , ४० लाखभन्दा बढीको क्षति

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा रहेको हुलास स्टिल ईन्ड्रिस्टीजमा शनिवार आगलागी भएको छ ।

अपरान्ह् १२ बजे हुलास स्टिलको कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीको कारण बारे अहिले सम्म खुल्न सकेको छैन । त्याँहा काम गर्ने कर्मचारीका अनुसार कामदार त्याँहा पुग्दा आगो सल्कि रहेको अवस्थामा भेटिएको बताएका छन् ।

आगो नियन्त्रण गर्न नेपाल आयल निगम अमलेखगञ्ज र जीतपुरसिमरा उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेंटको प्रयास पछि आयो नियन्त्रण लिएको हो ।

नेपाल प्रहरी , शसस्त्र प्रहरी र कर्मचारीको सहयोगले आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट करिब ४० लाखभन्दा बढीको प्रारम्भिक क्षतिको अनुमान गरिएको कम्पनीका प्रमुख जवाहरलाल आर्यले जानकारी दिए ।आगलागिको कारण बारे विस्तृत विवरण आउन बाँकी छ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै