• २०८१ बैशाख १३ बिहीबार

'ट्रिब्युट टु मेगास्टार राजेश हमाल' कार्यक्रम आयोजना हुने 

kharibot

काठमाडौँ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ ।

साधना कला केन्द्रले एक पत्रकार सम्मेलनको आयोजना गर्दै ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागिएको जनाएको हो । साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए । 

घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा , गायक राजेश पायल राई , यम बराल , रवी ओड लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई देखाइएको थियो । 

आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स नभईसकेको जनाइयो । अभिनेता हमालको फिल्मी यात्रामा धेरै नै व्यक्तित्व जोडिएको हुनाले उहाहरुसँगको छलफलपछी एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए ।

अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको पनि उनले बताए । राजेशले पनि विभिन्न भेटघाटपछी उदेश्य नेक लागेर नै आफुले अनुमति दिएको बताए । कार्यक्रममा उपस्थित शम्भुजित बास्कोटा, राजेश पायल राई, यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकमना दिए ।

कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक, उनको को-स्टारलाई ट्रिब्युटमा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दसरथले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै