• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाबाट खेल्दै मेसीले पराजित गर्न नसकेको त्यो एक टिम...

kharibot

काठमाडौँ । बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेसीले गएको बुधबार लियोनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई क्वाटरफाइनलमा पुर्याएका छन् । २ गोल र २ असिस्ट गरेका मेसीले अब क्वाटरफाइनलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने छन् ।

मेसीको यो प्रदर्शनका बारेमा बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले तारिफ गर्दै मेसीको प्रदर्शन उत्कृष्ट रहेको बताए । 

मेसीले बार्सिलोनाका लागि अहिलेसम्म सबै प्रतियोगितामा ६७३ खेल ५८८ गोल गरेका छन् । बार्सिलोनाको जर्सीमा मेसीको लियोनविरुद्धको जित ४६७औ जित हो । यो जितसँगै मेसीले बार्सिलोनाका लिजेण्ड जाभीको जितको बराबरी गरेका छन् । जाभीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा ७६७ खेलमा ४६७ जित हासिल गरेका थिए ।

यस्तै मेसीले बार्सिलोनाको जर्सीमा अहिलेसम्म विश्वका विभिन्न ८५ क्लबविरुद्ध खेलेका छन् भने यस मध्ये ८४ क्लबलाई कम्तिमा एक पटक पराजित गरेका छन् । तर मेसीले आफ्नो क्यारियरमा अहिलेसम्म पराजित गर्न नपाएको टिम युडीए ग्रामेनेट हो । यो टिम अहिले स्पेनको सेगुंडा कटालानाको समुह ४ मा खेल्छ ।

ग्रामनेटले अहिलेसम्म एक पटक बार्सिलोनाको सामना गर्दै बार्सिलोनाविरुद्ध १-० को जित निकालेको छ । सन् २००४-०५ को कोपा डेल रे अन्तर्गतको खेलमा बार्सिलोना ग्रामनेटसँग पराजित भएको थियो । त्यस खेलमा मेसी बार्सिलोनाको प्लेइङ ११ मा रहेका थिए । त्यसपछि यी दुई टिम एकार्का विरुद्ध अहिलेसम्म खेलेका छैनन् भने मेसीले यस टिमलाई पराजित गर्ने मौका पाएका छैनन् । 

त्यस्तै मेसीको बार्सिलोनाको क्यारियरमा मेसी खेलेको टिम सबै भन्दा बढी पटक हारेको ला लिगा टिम सेभिल्ला हो । सेभिल्ला २८ पटक पराजित भएको छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै