• २०८१ बैशाख १३ बिहीबार

उरी फेम विक्की कौशलको ब्रेकअप !

kharibot

मुम्बई । बलिवुड अभिनेता विक्की कौशलले आफ्नी प्रेमिका हरलिन शेठीसँग ब्रेकअप गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

विक्कीकि प्रेमिका हरलिनले आफ्नो सामाजिक संजालमा बेकअप भएको आशयको पोष्ट गरेपछि मिडियामा विक्कीको ब्रेकअप् भएको रिपोर्ट आएको हो ।

बलिवुडमा एक पछि अर्को ठुलो बजेटका फिल्म साइन गरिरहेका विक्कीको प्रेम प्रसंग भने केहिसमय अघि मात्र बाहिर आएको थियो ।

ब्रेकअपपछि हरलिनले विक्कीलाई सामाजिक संजालमा अनफलो गरेकी छन् । हरलिनले आफ्नो सामाजिक पोस्टमा भनेकी छन्,‘मलाई माफ गर, अब सबै खत्तम भयो ।’

विक्कीको हालै रिलिज भएको फिल्म उरी-द सर्जिकल स्ट्राइक बक्स अफिसमा सुपरहिट भएपछि विक्कीले बलिवुडमा धेरै फिल्म साइन गरेका छन् । ३० करोडको लगानीमा बनेको उरीले २५० करोडभन्दा बढीको व्यापार गरेको छ । 

विक्कीको अब अर्को फिल्म करण जोहरको फिल्म तख्त आउदै छ । जसमा विक्कीसहित रनबीर सिंह, अनिल कपुर, करीना कपुर, आलिया भट्ट, भुमि पेड़नेकर र जान्ह्वी कपुरलगायतले अभिनय गरेका छन् ।

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै