• २०८१ बैशाख ७ शुक्रबार

श्रीमतीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

kharibot

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका जादै छन् ।

प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका जाने भएका छन् । 

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगको उपचार हुने सचिवालयले दिएको छ ।

प्रचण्ड यसअघि नै अमेरिका जाने बताइएको भएपनि भेनेजुएला प्रकरणले अमेरिका जाने कार्यक्रम स्थगित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै