आफ्नो फेसबुक एकाउन्ट डिलिट गर्नुहोस् : ह्वाट्सएपका संस्थापक

खरीबोट

काठमाडौं । प्रसिद्ध मेसेजिङ एप ह्वाट्सएपका सहसंस्थापक ब्रायन एक्टनले फेसबुकका सबै प्रयोगकर्तालाई आफ्नो एकाउन्ट डिलिट गर्न आग्रह गरेका छन् । उनले शुक्रवार विद्यार्थीहरुसँग कुरा गर्दै फेसबुक एकाउन्ट बन्द गर्नुपर्ने बताएका हुन् ।

गैरनाफामूलक ह्वाट्सएपको राइभल सिग्नलका प्रमुखको रुपमा काम गरिरहेका एक्टनले फेसबुकका कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई लक्षित गर्दै भनेका छन्, ‘जुकरबर्गले कम्पनीको फाइदाको लागि फेसबुकको प्लेटफर्ममा विज्ञापन बढाउन प्रयोगकर्ताहरुको गोप्य तथा व्यक्तिगत तथ्यांक बेचिरहेका छन् ।’

एक्टनले प्रयोगकर्तालाई आफ्नो फोन, ल्यापटप लगायत डिभाइसबाट फेसबुक र यससँग सम्बन्धित एप डिलिट गर्न अनुरोध गरेका छन् । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावमा फेसबुकले प्रयोगकर्ताको डाटा बेचेको खुलेको थियो । यस्तैमा ह्वाट्एपका सहसंस्थापक एक्टनको भनाइ आएको हो ।

प्राइभेसीसम्बन्धी धेरै आरोप खेपिरहेको फेसबुक केही मुद्दामा आरोपी सिद्ध भइसकेको छ । फेसबुकका सीईओ जुकरबर्गले पनि हालको भन्दा धेरै राम्रो र गोपनीयताको सुरक्षालाई ध्यान दिएर फेसबुकको निर्माण गरिने बताएका छन् ।

एक्टनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै गूगल र फेसबुकजस्ता ठूला कम्पनीले आफ्नो रिभेन्यु बढाउन प्रयोगकर्ताको गोपनीयताको व्यापार गरिरहेको आरोप लगाए । एक्टनले दोस्रोपटक फेसबुकमाथि यसरी सार्वजनिक रुपमा आरोप लगाएका हुन् ।

यसभन्दा अघि पनि सन् २०१७ मा ह्वाट्सएप छोड्ने बेला उनले फेसबुकमाथि यस्तै आरोप लगाएका थिए । एक्टनले ह्वाट्सएपलाई पूर्णरुपमा एडफ्री बनाएर यसलाई खुला प्लेटफर्मको रुपमा प्रस्तुत गरेका थिए । फेसबुकको वित्तीय नीति मन नपरेर र कम्पनीसँग मत बाझिएपछि उनले ह्वाट्सएप छोडेको बताइन्छ ।

सम्बन्धित समाचार

कमेन्ट र्यांकिङ ल्याउँदै फेसबुक, सार्थक हुनेछ वार्तालाप 

काठमाडौं । सार्वजनिक पोस्टमा गरिने वार्तालापलाई सार्थक बनाउन फेसबुकले आफ्नो सामाजिक सञ्जालमा एक अपडेट गरेको छ । यसको माध्यमले अब त्यस्ता  मानिसलाई प्रमोट गरिनेछ जसको कमेन्ट प्रयोगकर्ताका लागि धेरै प्रासंगिक

जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हटाउने प्रयास असफल

सान फ्रान्सिस्को । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । योसँगै उनलाई फेसबुकको अध्यक्ष पदबाट हटाउने प्रयास असफल भएको छ ।  यससँग फेसबुकका कतिपय लगानीकर्ताले उनलाई फेसबुक सञ्चालक समितिको

भिडियो र्याङ्किङ सिस्टम ल्याउँदै फेसबुक

काठमाडौं । विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुकले विभिन्न किसिमका अपडेट ल्याउने घोषणा गरेको छ । विशेषतः फेसबुकले वास्तविक कन्टेन्ट र लोयल भ्युअरसिपमा केन्द्रित भिडियो र्याङ्किङ सिस्टम ल्याउने भएको हो । फेसबुकका

५० वर्षपछि फेसबुकमा जीवित प्रयोगकर्ताभन्दा ‘डेड’ प्रोफाइल बढी हुने 

बेलायत। सन् २०१९ को पहिलो त्रैमासमा चर्चित प्रविधि कम्पनी फेसबुकले आफ्नो दैनिक सक्रिय प्रयोगकर्ता २ अर्ब ३८ करोड पुगेको बताएको थियो । फेसबुकका प्रयोगकर्ता भारत र चीनको जनसंख्याभन्दा धेरै छन्


z