• २०८१ बैशाख ११ मंगलबार

तत्काल मन्त्रिपरिषद पुनर्गठन हुदैन – प्रधानमन्त्री ओली 

kharibot

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले तत्कालन मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारे । उनले भने, “एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,” उनले भने, “पुनर्गठन हुँदैन ।”

यसअघि अर्का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन बारे प्रधानमन्त्रीसँग छलफल भएको बताएका थिए । सत्ता पक्षका नेताहरुले मन्त्रिपरिषद पुनर्गठन हुने बताउदै आउदा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति बाहिर आएको हो ।

यस्तो छ तयारी :

तर प्रधानमन्त्री कार्यलय स्रोतले भने सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका बताएका छन् । 

अहिले प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र मन्त्रीहरूको कार्यसम्पादनको मूल्यांकन गर्दै आइरहेको बताइएको छ । दुई तिहाइ बहुमतको सरकार हुँदासमेत मन्त्रीहरुको काम सन्तोषजनक नदेखिएको भन्दै केहि मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउने तयारी भएको हो । 

पछिल्लो जानकारी अनुसार काठमाडौंमा यहि चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । अहिलेसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, खानेपानीमन्त्री विना मगर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई,  कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाललगायत कमजोर देखिएको बताइएको छ । 

त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाको कामबाट पनि त्यति संतोषजनक नभएको बताइएको छ । विज्ञ मन्त्रीको रुपमा लिइएका खतिवडाले एक बर्षे कार्यकालमा अर्थतन्त्रलाई सहि दिशा दिन असफल भएको देखिएको छ । तरपनि खतिवडालाई प्रधानमन्त्री आफैंले ल्याएकाले उनलाई अझै मौका दिनेमा प्रधानमन्त्री रहेको बताइएको छ । 

यस्तै, खानेपानीमन्त्री मगर अध्यक्ष प्रचण्डकी बुहारी भएकाले उनलाई पनि हटाउन प्रधानमन्त्री ओलीलाई मुस्किल हुने देखिन्छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो मन्त्रालय खाली छ । नेकपा स्रोतका अनुसार रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराईलाई लैजानेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमा छलफल भएपनि भट्टराईका विषयमा प्रधानमन्त्री सकरात्मक नभएको बताइएको छ । 

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लैजाने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई विष्टको ठाउँमा लैजाने विषयमा पनि छलफल भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै