• २०८१ बैशाख ८ शनिबार

'गेम अफ थ्रोन्स' आठौँ सिजनको प्रत्येक एपिसोड ५४ मिनेट देखि १ घण्टा २२ मिनेटसम्मका हुने

kharibot

एचबीओले 'गेम अफ थ्रोन्स' टिभी सिरिजको आठौँ तथा अन्तिम सिजनका प्रत्येक एपिसोडको समय अवधि सार्वजनिक गरेको छ ।

छ वटा एपिसोड रहने यस सिजनका एपिसोडहरूको समय अवधि ५४ मिनेट देखि १ घण्टा २२ मिनेटसम्म रहेको छ । यसअघि प्रकाशित खबरहरूका अनुसार आठौं सिजनका हरेक एपिसोडको अवधि एउटा फिचर फिल्म जतिकै हुने बताइए पनि एचबीओले अहिले दिएको जानकारीअनुसार पहिलो दुई एपिसोडको अवधि १ घण्टा भन्दा कमको हुनेछ भने अन्य एपिसोडहरू १ घण्टा २० मिनेटको हारहारीका हुनेछन् ।

आठौँ सिजनको पहिलो एपिसोड ५४ मिनेट, दोश्रो एपिसोड ५८ मिनेट, तेस्रो एपिसोड १ घण्टा २२ मिनेट, चौथो एपिसोड १ घण्टा १८ मिनेट र पाँचौ एवम छैठौँ  एपिसोड १ घण्टा २० मिनेट लामो हुनेछन् ।

एचबीओले गेम अफ थ्रोन्सको आठौं सिजनका लागि २०१८ डिसेम्बरदेखि नै टिजरहरू सार्वजनिक भएको थियो भने यही वर्षको मार्च ५ मा आधिकारिक ट्रेलर सार्वजनिक भएको थियो ।

ट्रेलरमा सिरिजमा अहिलेसम्म जीवित रहेका सबै प्रमुख पात्रहरू जोन स्नो, डेनेरिस टार्गरियन, सर्सी ल्यानिस्टर, टाइरन ल्यानिस्टर, आर्या स्टार्क, सान्सा स्टार्क, जेमी ल्यानिस्टर लगायत देखिएका थिए ।

सातौँ सिजनसम्म विभिन्न सबप्लटहरूमा बाँडिएका पात्रहरूको यस अन्तिम सिजनमा एकैपल्ट टक्कर हुने दर्शकहरूले अपेक्षा गरेका छन् ।

छ वटा एपिसोड रहने यस सिजनको पहिलो एपिसोड अप्रिल १४ मा प्रसारण हुने छ । त्यसैगरी सातौँ सिजन तथा पूरै सिरिजको अन्तिम एपिसोड मे १९ मा प्रसारण हुने छ ।

यस सिजनको कथा पनि अघिल्लो सिजनजस्तै जर्ज आर.आर. मार्टिनको फ्यान्टासी सिरिज ‘अ संग अफ आइस एण्ड फायर’ मा आधारित रहेको छैन । ‘गेम अफ थ्रोन्स’ को पहिलो सिजनदेखि छैठौ सिजनसम्मका कथा ‘अ संग अफ आइस एण्ड फायर’ सिरिजका उपन्यासहरूमा आधारित रहेर निर्माण गरिएको थियो ।

जर्ज आर.आर. मार्टिनले ‘गेम अफ थ्रोन्स’ को सातौ र आठौं सिजनका लागि बनाएका कथाहरू उनका आगामी उपन्यासहरू ‘द विन्ड्स अफ विन्टर’ र ‘अ ड्रिम अफ स्प्रिंग’मा प्रयोग गरिने जनाइएको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै