• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा करेक्सन : पाँच दसमलव ९९ अंकले बढ्यो नेप्से

kharibot

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से पाँच दसमलव ९९ अंकले बढेर ११ सय ६१ दसमलव ६५ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि एक दसमलव आठ अंकले बढेर दुई सय ४७ दसमलव १७ अंकमा पुगेको छ । 

एक सय ७२ कम्पनीहरुको पाँच हजार पाँच सय ६६ वटा कारोवारमा १४ लाख ७७ हजार आठ सय ९२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड १२ लाख ३६ हजार दुई सय ५२ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा सात वटा समुहले कमाएकाछन भने तीन वटा समुहले गुमाएकाछन । कमाउने समुह मध्ये बाँणिज्य बैक समुहको सुचक सात दसमलव ६१ अंकले बढेर एक हजार पाँच दसमलव ४३ बिन्दुमा चढ्दा जलबिद्युत समुहको सुचक पनि नौ दसमलव एक अंकले बढेर ११ सय ८४ दसमलव ७० बिन्दुमा चढेको छ । 

फाईनान्स समुहको सुचक पनि छ दसमलव ९२ अंकले बढेर छ सय १८ दसमलव छ बिन्दुमा चढ्दा ललुबित्त समुहको सुचक एक अंकले बढेर १४ सय १४ दसमलव ६६ बिन्दुमा चढेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा र उत्पादनमुलक समुहको सुचक पनि बढेकाछन । होटल समुहको सुचक भने आज २० दसमलव ३६ अंकले घटेर १७ सय ३४ दसमलव १६ बिन्दुमा पुगेको छ । यसैगरी बिकास बैंक र अन्य समुहको सुचक पनि घटेको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आशा लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८४ पैसाले बढेर चार सय दुई रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको तिनाउ बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ६१ पैसाले घटेर एक सय ६८ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शाईन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ३० रुपैयाँ अन्तिम मुल्यमा चार करोड ४६ लाख एक हजार चार सय ४० रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै