• २०८१ बैशाख ७ शुक्रबार

पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान 

kharibot

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अब अमेरिकामा उपचार हुने भएको छ। प्रचण्ड पत्नी सीतालाई लिएर आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन् । 

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगको उपचार हुने सचिवालयले दिएको छ । पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्यका साथमा प्रचण्ड अमेरिका उडेका हुन् । 

छोरा प्रकाशको निधन भएपछि सीता थप कमजोर भएकी छन् । गत असोज १० मा प्रचण्डले उपचारका लागि सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन पुर्याए । तर, उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन । सीता अहिले अरुको साहरामा मात्र हिड्न सक्छिन्। विमानस्थलमा गाडीबाट झरेपछि उनलाई बुहारी अर्थात् खानेपानीमन्त्री वीना मगर र उनका सहयोगीले समातेर डोहोर्याएका थिए। 

पत्नीको उपचारका लागि अमेरिका उडेका प्रचण्डलाई बिदा गर्न नेकपा नेता सुवासचन्द्र नेम्वाङ, कृष्ण गोपाल श्रेष्ठ, विष्णु रिमाललगायत नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए। 

प्रचण्डले सीतालाई छोरी ज्वाईंको जिम्मामा छोडेर आफू चाँडै स्वदेश फर्किने बताएका छन्।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै