रोनाल्डो बिना युभेन्टस पराजित, सिरी ए मा सिजनको पहिलो हार

खरीबोट

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले यस सिजनमा पहिलो हार बेहोरेको छ । 

आइतबार भएको खेलमा युभेन्टस जेनोयासँग २-० गोल अन्तरले पराजित भएको हो । 

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो नखेलेको खेलमा जेनोयाले दुवै खेल दोस्रो हाफमा गरेको थियो । जेनोयाका लागि स्टेफानो स्टुरारो र गोरान पाण्डेभले एक एक गोल गरेका थिए ।

जेनोयाका लागि खेलको ७२औ मिनेटमा स्टुरारोले पहिलो गोल गर्दै युभेन्टसमाथि अग्रता लिएको थियो भने खेलको ८२औ मिनेटमा पाण्डेभले गोल गर्दै जेनोयाको अग्रता दोब्बर गरेका थिए ।

अघिल्लो साता च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडमाथि ३-० को जित हासिल गर्दै क्वाटरफाइनलमा पुगेको युभेन्ट्सले यस खेलमा रोनाल्डोलाई आराम दिएको थियो ।

यस खेलमा पराजित भएसँगै युभेन्टसले सिरी ए मा २७ खेलमा अपराजित यात्रामा पूर्ण विराम लागेको छ । युभेन्टसको यस सिजनको सिरी ए मा यो पहिलो हार हो । यसअघि खेलेका २७ खेलमा युभेन्टसले २४ खेलमा जित र ३ बराबरी खेलेको थियो ।

यस खेलमा हार पछि युभेन्टसको २८ खेलमा ७५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको नापोली भन्दा अझै १८ अंकले अगाडी रहेको छ ।

त्यस्तै जेनोयाको २८ खेलमा ३३ अंक हासिल गर्दै ११औ स्थानमा उक्लिएको छ ।
      
 

सम्बन्धित समाचार

तीन देशका लिग जितेर रोनाल्डोले बनाए नयाँ रेकर्ड !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए जितेर नयाँ रेकर्ड बनाएका छन् । यसै सिजनको सुरुवातमा स्पेनिस क्लब रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोले

सिरी ए को उपाधिमा युभेन्टसको लगातार आठौँ पटक कब्जा 

काठमाडौँ । युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले यस सिजनको सिरी ए को उपाधि जितेको हो । युभेन्टसको

‘रोनाल्डो युभेन्टसका भविष्य हुन्’

काठमाडौँ । युभेन्टसका म्यानेजर मासीमिलियानो अल्लेग्रीले क्रिस्टियानो रोनाल्डो युभेन्टसको भविष्य भएको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै च्याम्पियन्स लिगबाट बाहिरिए पनि रोनाल्डो युभेन्टसको भविष्य रहेको उनले बताएका हुन् । रोनाल्डोले युभेन्टस

च्याम्पियन्स लिगबाट बाहिरिएसँगै युभेन्टसको सेयर मुल्यमा गिरावट 

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएसंगै इटालियन क्लब युभेन्टसको सेयर मुल्य घटेको छ । मंगलबार राति नेदरल्याण्डसको अयाक्स क्लबसँग पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसको सेयर २२ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय मिडियाहरुले


z