• २०८१ बैशाख १३ बिहीबार

सन्दीप आइपिएल खेल्न बुधबार भारत जादै 

kharibot

काठमाडौं ।  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार दिल्ली जाने भएका छन् ।

२३ मार्चदेखी सुरु हुने आईपीएलका लागि सन्दीप भारत जान लागेका हुन् । नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार आगामी बुधबार चैत्र ६ गते दिल्ली जाँदै छन् । सन्दीप गत साता मात्र पाकिस्तान सुपर लिग खेलेर नेपाल फर्किएका हुन् । 

यसअघि दिल्ली डेयरडेभिल्सका नामले आइपिएल खेलिरहेको दिल्लीले यस सिजनदेखि दिल्ली क्यापिटल नाम राखेको छ ।

आगामी २३ मार्चदेखि सुरु हुने आइपिएलमा दिल्ली मार्च २४ मा मुम्बई इण्डियन्सविरुद्ध मुम्बईमा खेल्दै छ । दिल्लीले दोस्रो खेल भने २६ मार्चमा चेन्नई सुपरकिंग्सविरुद्ध घरेलु मैदान कोटलामा खेल्ने छ ।

दिल्लीबाट नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आफ्नो दोस्रो सिजन खेल्दै छन् । 

सन्दीपले पहिलो सिजनमा केबल ३ खेल खेल्दै कुल ५ विकेट लिएका थिए । सन्दीपले मुम्बई इण्डियन्सविरुद्ध ३ विकेट लिएका थिए । त्यस्तै चेन्नईविरुद्ध एक विकेट लिएका थिए भने रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध पनि एक विकेट लिएका थिए ।

सन्दीपले खेलेका कुल ३ खेलमा दिल्लीले २ खेलमा जित हासिल गरेको थियो । गत सिजनमा दिल्लीले १४ खेलमा केबल ५ खेलमा जित हासिल गरेको थियो भने ९ खेलमा हार बेहोर्दै अंक तालिकामा पुछारमा रहदै समुह चरणबाट बाहिरिएको थियो ।

दिल्लीले अहिलेसम्म आइपिएल जित सकेको छैन । दिल्लीको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन सन् २०१२ मा तेस्रो स्थानसम्म आएको थियो ।

अहिलेसम्म आइपिएलको ११ सिजन सकिदा दिल्लीसहित रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलेभेन पंजावले आइपिएलको उपाधि जितेका छैनन् ।

दिल्ली क्यापिटलका खेलाडीहरु : श्रेयस ऐर (कप्तान), ऋषभ पन्त, शिखर धवन, पुथ्वी शा, सन्दीप लामिछाने, अमित मिश्रा, ईशान्त शर्मा, हनुमा विहारी, कोलिन इन्ग्राम, आवेश खान,  ट्रेन्ट बोल्ट, कागिसो रवाडा, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, अन्कुश वेन्स, नाथसिंह, शेरफेन रदरफोर्ड, किमो पल,जलज सक्सेना र अक्षर पटेल । 

त्यस्तै दिल्ली क्यापिटलको प्रमुख कोचमा अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ रहेका छन् भने सहायक कोच भारतका पुर्व खेलाडी मोहमद कैफ रहेका छन् । त्यस्तै दिल्ली क्यापिटलका एड्भाइजरमा भारतीय पुर्व कप्तान सौरभ गांगुली रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै