• २०८१ बैशाख १३ बिहीबार

भारतको गोवा राज्यका मुख्यमन्त्री पर्रिकरको निधन

kharibot

नयाँदिल्ली । भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मुख्यमन्त्री मनोहरको निधन भएको जानकारी दिएका छन् । 

लामो समयदेखि पेटको क्यान्सरबाट पीडित मनोहरको साँझ ८ बजे निधन भएको हो । 

मनोहरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् । मनोहरको निधनमा भारतको केन्द्र सरकारले सोमबार भारतमा राष्ट्रिय शोकको धोषणा गरेको छ ।  

भाजपाका नेता मनोहर केही समय भारतको संघीय सरकारमा रक्षामन्त्री पनि बनेका थिए । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बनेका थिए ।

उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहेका छन् । उनलाई स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै