• २०८१ बैशाख ७ शुक्रबार

वेभ सिरिजमा बलिवुड सुपरस्टारहरुको आकर्षण

kharibot

मुम्बई । बलिवुड अभिनेता ऋतिक रोशन अब ठुलो पर्दाबाट अब डिजिटल प्लेटफर्ममा आउन लागेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । 

ऋतिक छिट्टै वेभ सिरिजमा आउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । डिजिटल प्लेटफर्मको लोकप्रियता सँगै यसले बलिवुडका सुपरस्टारहरुलाई पनि आकर्षित गरेको छ । यस अघि अभिनेता सैफ अली खान र नवाजुद्धीन सिद्धिकीको सेक्रेट गेम्स डिजिटल प्लेटफर्ममा रिलिज भएको छ भने यसले राम्रो सफलता हासिल गरेको छ ।

त्यस्तै अभिनेता शाहरुख खानले पनि आफ्नो निर्माण कम्पनि मार्फत वेभ सिरिज निर्माण गरिरहेका छन् । शाहरुखले इमरान हासमीलाई लिएर वेभ सिरिज बनिरहेका छन् भने निकट भविष्यमा आफै पनि वेभ सिरिजमा अभिनय गर्ने रिपोर्ट बाहिरिएको छ ।

त्यसै गरि चर्चित अभिनेता अक्षयकुमार पनि अमेजन प्राइमको वेभ सिरिजमा आउदै छन् ।

त्यसै गरि चर्चित निर्देशक बिक्रम भट्ट त मेन स्ट्रिम फिल्म बनाउन छोडेर वेभ सिरिज मै व्यस्त रहेका छन् । 

त्यस्तै ऋतिकले अभिनय गर्ने वेभ सिरिज चर्चित फिल्म निर्देशक कबिर खले निर्देशन गर्ने र यो खेलसँग सम्बन्धित हुने बताइएको छ । हाल आफ्नो फिल्म सुपर ३० मा व्यस्त ऋतिकको यो फिल्म आगामी जुलाई २६ मा रिलिज हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै