• २०८१ बैशाख ७ शुक्रबार

टेस्ट क्रिकेटमा अफगानिस्तानको पहिलो जित 

kharibot

काठमाडौँ । अफगानिस्तानले टेस्ट क्रिकेटमा आफ्नो पहिलो जित हासिल गरेको छ । २०१७ को जुनमा टेस्ट क्रिकेटको मान्याता पाएको अफगानिस्तानले आफ्नो दोस्रो टेस्टमा जित हासिल गरेको हो ।

अफगानिस्तान आयरल्याण्डविरुद्धको टेस्टमा ७ विकेटले जित हासिल गरेको हो । भारतको देहरादुनमा खेलिएको सो टेस्ट आयरल्याण्डले अफगानिस्तानलाई दिएको १४७ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाउदै पुरा गर्यो ।

यस अघि आयरल्याण्डले पहिलो पारीमा १७२ र दोस्रो पारीमा २८८ रन बनाएको थियो । त्यसको जवाफमा अफगानिस्तानले पहिलो पारीमा ३१४ रन बनाएको थियो ।

यस टेस्टमा अफगानिस्तानका बलर राशिद खानले दोस्रो पारीमा ५ विकेट लिदै टेस्ट क्रिकेटमा शानदार सुरुवात गरेका छन् । पहिलो टेस्टमा भारतविरुद्ध २ विकेट लिएका राशिदले आयरल्याण्डविरुद्धको पहिलो पारीमा पनि २ विकेट लिएका थिए । आयरल्याण्डविरुद्धको दोस्रो पारीमा राशिदले ३४ ओभर बलिङ गर्दै ७ मेडन सहित ८२ रन दिएर ५ विकेट लिएका हुन् । टी-२० क्रिकेटका विश्वकै नम्बर एक बलर राशिद टेस्ट क्रिकेटमा ५ विकेट लिने पहिलो अफगानिस्तानी बलर बनेका छन् ।

यसअघि गत जेठमा भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेलेको अफगानिस्तान सो खेलमा पारी र २६२ रनले पराजित भएको थियो ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै