• २०८१ बैशाख १३ बिहीबार

टेस्ट क्रिकेटमा पहिलो जितका लागि कुन देशले कति खेल खेले ?

kharibot

काठमाडौँ । टेस्ट क्रिकेटको कान्छो देश अफगानिस्तानले टेस्ट क्रिकेटमा दोस्रो खेलमै जित हासिल गरेपछि टेस्ट क्रिकेटमा शानदार सुरुवात गरेको छ  । 

२०१७ को जुनमा आइसीसीएल अफगानिस्तानलाई टेस्ट क्रिकेटको मान्यता दिएपछि अफगानिस्तानले पहिलो टेस्ट एक बर्षपछि भारतसँग २०१८ को जुनमा भारतसँग खेलेको थियो  । सो खेलमा इनिंग र २६२ रनले पराजित भएको अफगानिस्तानले आयरल्याण्डविरुद्धको टेस्ट खेलमा आज जित ७ विकेटको जित हासिल गरेको छ  । 

यस रिपोर्टमा हामी टेस्ट खेल्ने देशको टेस्ट डेभ्यु र कति खेलपछि जित हासिल गरे भन्ने बारे जानकारी गराउने प्रयास गरेका छौं ।

टेस्ट क्रिकेटमा पहिलो पटक इङल्याण्ड र अस्ट्रेलियाले मान्यता पाएका हुन् । दुवै देशए मार्च १५, १८७७ मा टेस्टको मान्याता पाएका हुन् । त्यस्तै दक्षिण अफ्रीकाले सन् १९८९ मार्च १२ मा टेस्ट क्रिकेटको मान्यता पाएको हो ।

त्यसपछि वेस्टइन्डिजले सन् १९२८ को जुन २३ मा टेस्ट क्रिकेटको मान्यता पाएको हो । त्यसपछि न्युजील्याण्डले १९३० को जनवरी १० मा, भारतले १९३२ को जुन २५ मा, पाकिस्तानले १९५२ को अक्टोबर १६ मा, श्रीलंकाले १९८२ को फेब्रुअरी १७ मा, जिम्बाबेले १९९२ को अक्टोबर १८ मा, बंगलादेशले २००० नोभेम्बर १० मा, आयरल्याण्डले २०१७ मे ११ मा र अफगानिस्तानले २०१७  जुन २२ मा टेस्टको मान्यता पाएका थियो ।

यसरी अहिलेसम्म १२ देशले टेस्ट क्रिकेटको मान्यता पाएका छन् । तर यी देशहरुले पहिलो जित हासिल गर्न कति खेल खेल्नु पर्यो त भन्ने विषयमा चर्चा गरौँ ।

आइसीसीका अनुसार अस्ट्रेलियाले आफ्नो टेस्ट क्रिकेटको पहिलो खेलमा नै जित हासिल गरेको थियो । अस्ट्रेलिया एक मात्र त्यस्तो देशहो जसले पहिलो टेस्ट खेलमा नै जित हासिल गरेको थियो ।

त्यस्तै इङल्याण्ड, पाकिस्तान र अफगानिस्तानले आफ्नो दोस्रो टेस्टमा पहिलो जित हासिल गरेका छन् । त्यस्तै वेस्टइन्डिजले आफ्नो पहिलो जितका लागि ६ खेल खेल्नु परेको थियो ।

त्यसै गरि जिम्बाबेले पहिलो जित ११ खेलपछि हासिल गरेको थियो । त्यस्तै दक्षिण अफ्रिकाले १२ खेलपछि टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको थियो । श्रीलंकाले १४ टेस्ट खेलपछि पहिलो जित हासिल गरेको थियो । त्यसै गरि छिमेकी मुलक भारतले २५ खेलपछि टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको थियो ।

त्यस्तै बंगलादेशले ३५ खेलपछि टेस्ट क्रिकेटमा आफ्नो पहिलो जित हासिल गरेको थियो । टेस्ट क्रिकेटमा पहिलो जित हासिल गर्न सबैभन्दा धेरै खेल खेल्ने टिम हो न्यूजील्याण्ड हो । न्यूजील्याण्डले ४५ खेलपछि टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको थियो ।     
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै