रोनाल्डोविरुद्ध युइएफएले छानबिन थाल्यो, एक खेलमा प्रतिबन्ध लाग्न सक्ने  

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अनुशासनहिनताको दायरामा आएको भन्दै युइएफएले छानबिन गर्ने भएको छ । 

युइएफएले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणलाई छानबिनको दायारामा ल्याएको बताउदै आगामी विहिबार हुने बैठकमा छलफल हुने जानकारी दिएको छ  ।  रोनाल्डोले गरेको सो व्यवहारका कारण उनलाई क्वाटरफाइनलको एजाक्सविरुद्धको खेलमा प्रतिबन्ध समेत लाग्न सक्ने भएको छ ।

रोनाल्डोले प्रि-क्वाटरफाइनलको पहिलो लिगमा एथलेटिकोले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेपछि एथलेटिकोका म्यानेजर डिएगो सिमोओनीले युभेन्ट्सका फ्यानलाई संकेत गर्दै सेलेब्रेसन गरेपछि उनलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै २३ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो । त्यसपछि दोस्रो लिगमा रोनाल्डोको पनि सिमोओनीले जस्तै व्यवहार भएकाले उनलाई पनि जरिवाना हुन सक्ने वा प्रतिबन्ध समेत लाग्न सक्ने बताइएको छ । 

रोनाल्डोको सेलेब्रेसन पछि एथलेटिकोका म्यानेजर सिमोओनीले स्वाभाविक रुपमा लिदै आफुले गरेजस्तै रोनाल्डोले पनि सेलेब्रेसन गरेको बताएका थिए ।

युइएफएले युइएफएको आर्टिकल ११(२) (बि) र आर्टिकल ११(२) (डी) अनुसार रोनाल्डोको व्यबहार रहेको बताएको छ ।

युइएफएले रोनाल्डोक ओसो व्यबहारको लागि अनुसन्धान खुला गरेको जनाउदै युइएफएको इथिक्स एण्ड डिसीप्लीनरी समितिले छनबिन गर्ने जनाएको छ ।  

सो खेलमा रोनाल्डोको ह्याट्रिकको मद्धतले युभेन्टसलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याएका थिए । अब युभेन्टस क्वाटरफाइनलमा एजाक्ससँग खेल्ने भएको छ । रोनाल्डोलाई प्रतिबन्ध लागेमा एजाक्सविरुद्धको पहिलो लिग रोनाल्डोले गुमाउने छन् ।

खेल विश्लेषकहरुले भने प्रतिबन्ध नभएर कम्तिमा न्युनतम जरिवाना भने रोनाल्डोलाई हुन सक्ने बताएका छन् ।    

सम्बन्धित समाचार

रोनाल्डोको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ । यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९

च्याम्पियन्स लिगको सिजन टिममा लिभरपुलका ६ खेलाडी

काठमाडौँ । च्याम्पियन्स लिग सकिए सँगै यस सिजनको च्याम्पियन्स लिगको टिमको घोषणा गरिएको छ । युइएफएले घोषणा गरेको २० सदस्यीय च्याम्पियन्स लिगको यस सिजनको टिममा विजेता लिभरपुलबाट मात्र ६ खेलाडी परेका

च्याम्पियन्स लिग फाइनलमा युवती कपडा खोलेर मैदानमा प्रवेश गरेपछि...

काठमाडौँ । स्पेनको क्लब एथलेटिको म्याड्रिडको घरेलु मैदान मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा गएराती सम्पन्न लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहदा एक युवती आफ्ना कपडा खोलेर मैदानमा प्रवेश गरेको विषय

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । लिभरपुलको जितमा मोहमद सलाह


z