• २०८१ बैशाख ७ शुक्रबार

नेपालमा सामसुङ ग्यालेक्सी एस-१० नेपाली बजारमा, यस्ता छन् फिचर

kharibot

काठमाडौं । यही वर्षको फेब्रुअरीमा लन्च गरिएको सामसुङको ग्यालेक्सी एस १० मार्चदेखि नेपाली बजारमा पनि उपलब्ध हुन थालेको छ । केही अघिदेखि नै अग्रिम अर्डर गर्न मिले पनि अब सामसुङको ग्यालेक्सी एस १० सिरिजका ग्यालेक्सी एस १०, ग्यालेक्सी एस १० प्लस र ग्यालेक्सी एस १० ई स्मार्टफोन नेपालको खुद्रा बजारहरूमा पनि उपलब्ध हुनेछन् ।

८ जीबी र्याम भएको ग्यालेक्सी एस १० को बजार मूल्य नेपालमा एक लाख दश हजार नौ सय रुपैयाँ रहेको छ । फोनको स्टोरेज क्षमता १२८ जीबी रहेको जसलाई माइक्रो एसडी कार्डद्वारा ५१२ जीबी सम्म बढाउन मिल्ने छ । फोनको डिस्प्ले ६.१० इन्च रहेको छ भने यसको आस्पेक्ट रेसियो १९:९ रहेको छ । त्यस्तै यसको रिजोलुसन १४४०x३०४० पिक्सेल रहेको छ । फोनलाई गोरिल्ला ग्लास ६ ले सुरक्षा प्रदान गर्ने छ भने फोनको धूलो र पानीबाट बच्ने क्षमताको रेटिंग अन्तराष्ट्रिय स्तरअनुसारको आइपी ६८ रहेको छ ।

फोनलाई साढे एक मिटर पानीको गहिराहीमा आधा घण्टासम्म राखे पनि केही नहुने सामसुङले दाबी गरेको छ ।

त्यसैगरी फोनको प्रोसेसर सामसुङको आफ्नै एकसीनोस ९८२० एसओसी रहेको छ जसको प्रोसेसिंग स्पिड १.९ गिगा हर्ज रहने छ । यसका साथै फोनमा गुगलको एण्ड्रोइड ९ पाइ अपरेटिंग सिस्टम रहेको छ । फोनमा ३४०० एमएएच क्षमता भएको ब्याट्रीसंगै १५ वाटको वायर्ड फास्ट चार्जींग र वायरलेस चार्जींगको थप सुविधा पनि रहने छ । फोनको पछाडिपट्टि १२ मेगा पिक्सेलका दुईटा र १६ मेगापिक्सेलको एउटा गरेर तीनवटा क्यामेरा लेन्स रहेका छन् फोनको सेल्फी क्यामेरा लेन्स १० मेगापिक्सेलको रहेको छ ।

त्यसैगरी फोनमा एसेलेरोमिटर, एम्बिएन्ट लाईट सेन्सर, ब्यारोमिटर, म्याग्नेटोमिटर, गाइरोस्कोप, प्रोक्सिमिटि सेन्सर, फिंगरप्रिन्ट सेन्सर लगायतका सेन्सर प्रबिधिहरू उपलब्ध रहेका छन् । फोनमा फेस अनलकको पनि सुविधा रहेको छ ।

आल्मुनियमको फ्रेम र सिसा भएको यस फोनको तौल १५७ ग्राम रहेको छ । त्यसैगरी फोनको लाम्बाई १४९.९० मिलिमिटर, चौडाइ ७०.४० मिलिमिटर र मोटाइ ७.८० मिलिमिटर रहेको छ । ग्यालेक्सी एस १० कालो, निलो, हरियो र सेतो रङमा उपलब्ध हुने छ । अन्तर्राष्ट्रिय बजारमा यो फोनको ५ जी चल्ने मोडल पनि पाइने छ भने नेपाल भने यो मोडेल उपलब्ध छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै