• २०८१ बैशाख १४ शुक्रबार

आङ्दाम्बेको संयोजकत्वमा काँग्रेसले बनायो अनुशासन समिति 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले भीष्म राज आङ्दाम्बेको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको हो । काँग्रेसले पार्टीको विधान विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार देहाय बमोजिमको “केन्द्रीय अनुशासन समिति’ सर्वसम्मतिले गठन गरेको जनाएको छ ।

अनुशासन समितिमा संयोजक भीष्मराज आङ्दम्वे छन् भने सदस्यहरुमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेका छन् । समितिमा बाँकी सदस्य अनुशासन समितिले सहमतिबाट निर्णय गरेर थप्ने बताइएको छ । 

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै