• २०८१ बैशाख १३ बिहीबार

‘एम्बाप्पे मेसी र रोनाल्डोभन्दा मुल्यवान’

kharibot

काठमाडौँ । फ्रान्सका २० बर्षिय फुटबलर किलियन एम्बाप्पे मेसी र रोनाल्डोभन्दा पनि मुल्यवान हुने चर्चित फुटबल म्यानेजर जोसे मोरिन्होले बताएका छन् ।

मोरिन्होले २० बर्ह्सको उमेरमा एम्बाप्पेले हासिल गरेको उपलब्धि अविश्वनीय भएको बताउदै मोरिन्होले उनको यो क्षमताले उनलाई मेसी र रोनाल्डोभन्दा पनि बढी मुल्यवान बनाउने दाबी गरेका छन् ।

पिएसजीबाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले २० बर्षको उमेरमा नै विश्वकप, २ पटक लिग वानको उपाधि जितिसकेका छन् । जबकी मेसी र रोनाल्डो दुवैले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् । त्यस्तै एम्बाप्पेले पछिल्लो बेलुन डोअरमा चौथो स्थानमा रहदै आवको फुटबलको नयाँ सुपरस्टार आफु भएको संकेत गरेका छन् ।

चेल्सी, रियल म्याड्रिड, इन्टरमिलान, म्यानचेस्टर युनाइटेड जस्ता क्लबको म्यानेजर बनिसकेका मोरिन्होले खेलाडी ट्रान्सफर बजारमा एम्बाप्पेको मुल्य मेसी र रोनाल्डोको भन्दा बढी हुने बताएका छन् । बेन स्पोर्ट्ससँगको कुराकानीमा मोरिन्होले एम्बाप्पेको फुटबल कला र क्षमताको खुलेर प्रसंशा गर्दै उसलाई विश्वको महँगो फुटबलर हुन कसैले रोक्न नसक्ने बताएका छन् ।

एम्बाप्पेलाई अहिले युभेन्टस, रियल म्याड्रिड जस्ता क्लबले आफ्नो क्लबमा भित्राउने प्रयास गरिरहेका छन् । 

यस सिजनमा फ्रेन्च लिग वानमा २३ खेलमा २६ गोल गरेका एम्बाप्पेले पिएसजीका लागि यस सिजनमा कुल ३५ खेलमा ३१ गोल गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै