• २०८१ बैशाख ११ मंगलबार

काठमाडौँ महानगरपालिकाका दुइ सहसचिवको बिदाई

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा कार्यरत दुइजना सहसचिवहरुलाई विदाई गरको छ ।

नेपाल सरकारको भाद्र १३, २०७५  को निर्णय अनुसार महानगरपािलकामा प्रशासन तर्फ सहचिव डा. टोकराज पाण्डेले भाद्र १७ गते गतेदेखि सहसचिवको रुपमा कार्य सम्पादन गरेका थिए ।  

सहसचिव डा. पाण्डेले अव  भूमि सुधार तथा कृषि मन्त्रालयमा सहकारी विभागमा रजिस्टारको रुपमा कार्य सम्पादन गर्ने भएका छन् ।  अर्का प्राविधिक तर्फका सहसचिव भरत प्रसाद अर्यालले नेपाल सरकारको भाद्र २१, २०७५ को निर्णय अनुसार महानगरपालिकाको सहसचिवमा नियुक्त भई राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सरुवा भएका छन् ।

सो विदाई कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै काठमाडैं महानगरपालिकाका सचिव यादव प्रसाद कोइरालाले महानगरपालिका आफैमा ठुलो संरचना भएकाले महानगरपालिकाका कर्मचारीले नेपाल सरकारका कर्मचारीलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नु पर्ने बताउँदै बाहिरी प्रभाव र दवाबबाट मुक्त भएर काम गर्न निर्देशन दिए ।

त्यसैगरि सो विदाई कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै महानगरपालिकाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले सरकारको नियमित नियम अनुसार उनीहरुको सरुवा भएको उल्लेख गर्दै दुवैबाट महानगरले विकास र प्रशासनीय क्षेत्रमा सराहनीय योगदान पाएको बताए ।

यसैगरी विदाई कार्यक्रममा आफनो भनाई राख्दै सहसचिव डा. पाण्डेले झण्डै सात महिनाको आफनो महानगरपालिका बसाई सुखद रहेको बताउँदै सरुवा बढुवा प्रक्रिया सरकारको नियमित प्रक्रृया रहेको बताउँदै आफुले महानगरमा रहदा महानगरपालिकाका कर्मचारीबाट ‘सहयोग पाएको बताए ।

कार्यक्रममा सहसविच भरत प्रसाद अर्यालले पनि महानगरपालिकामा आफुले काम गरेको सुखद अनुभव व्यक्त गरेका थिए ।

कार्यक्रममा महानगरपालिकाका सचिव यादव प्रसाद कोइरालले सहसचिवद्धयलाई महानगरपालिकाको तर्फबाट माँयाको चिनो उपहारस्वरप प्रदान गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै