मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएकोमा विवेकशील साझाको विरोध

खरीबोट

काठमाडौँ । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारवाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

“तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानूनी व्यवस्था गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ ।

सम्बन्धित समाचार

विवेकशील साझा बन्यो 'साझा विवेकशील पार्टी'

काठमाडौँ  । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले आफ्नो पार्टीको नाम परिवर्तन गरेको छ । पार्टीको यहि वैशाख ११, १२ र १३ गते बसेको केन्द्रीय समितिको पूर्ण वैठकले अप्रतियो नाम परिवर्तन

मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएकोमा विवेकशील साझाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति

पार्टी फुट्नु अनपेक्षित र दुखद घटना : विवेकशील साझा पार्टी

काठमाडौँ । विवेकशील साझा पार्टीको बैठकले पार्टी फुटका बारेमा समीक्षा गरेको छ ।  पूर्वनिर्धारित समयअनुसार सोमबारदेखि आजसम्म पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा सूर्यराज

विवेकशील साझाको फुट : वैकल्पिक शक्ति निर्माणको अभियान झन् कमजोर 

काठमाडौँ । २०७४ साउन ११ गते तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको १७ महिनामा फुटेका छन् काठमाडौँ । शुक्रबार उज्ज्वल थापाको नेतृत्वमा निर्वाचन


z