निर्मला पन्त प्रकरण : फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

खरीबोट

कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन् । हाल उनी बर्खास्त भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए ।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिए ।

उनीसँगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने उपस्थित भएका छैनन् । मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई रु दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

सम्बन्धित समाचार

हावाहुरीबाट कञ्चनपुरमा १० बिघामा लगाइएको केरा खेती नष्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले

हावाहुरीले कञ्चनपुरका ८ सय ७० घरमा क्षति

भीमदत्तनगर । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला

हावाहुरीले कञ्चनपुरमा घर भत्किएपछि...

बिहीबार साँझ आएको हावाहुरीले  कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीस्थित क्षति पुगेको आफ्नो टहरामा  स्थानीय महिला ।  तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर  

कैलाली र कञ्चनपुरमा हावाहुरी : तेह्र जना घाइते, विद्युत् आपूर्ति बन्द

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आज साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण धनगढी उप–महानगरपालिका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।  झण्डै एक घण्टासम्म चलेको हावाहुरीका


z