• २०८१ बैशाख १२ बुधबार

आइपिएल रेकर्ड्स : यी खेलाडी जसले जिते ओरेन्ज क्याप  

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मार्च २३ देखि सुरु हुदै छ । टी-२० लिग मध्ये विश्वकै ठुलो र चर्चित लिग आइपिएलमा अहिलेसम्म ११ संस्करण सकिएका छन् भने यस पटक १२औ संस्करण हुदै छ ।

यस रिपोर्टमा हामीले ११औ संस्करण सम्म  हरेक संस्करणमा धेरै रन बनाएर ओरेन्ज क्याप जित्ने खेलाडीको बारेमा जानकारी दिदै छौ ।

सन् २००८ मा पहिलो आइपिलमा ओरेन्ज क्याप जित्ने खेलाडी अस्ट्रेलियाका शन मार्श हुन् । मार्शले किंग्स इलेभेन पंजावबाट खेल्दै कुल ११ खेलमा ६१६ रन बनाउदै ओरेन्ज क्याप जितेका थिए ।

त्यस्तै सन् २००९ मा पनि अस्ट्रेलियाका खेलाडीले नै ओरेन्ज क्याप जितेका थिए । अस्ट्रेलियाका म्याथ्यु हेडेनले चेन्नई सुपर किंग्सबाट खेल्दै १२ खेलमा ५७२ रन बनाउदै ओरेन्ज क्याप जितेका थिए । 

तेस्रो आइपिएल सन् २०१० मा भारतीय खेलाडी सचिन तेन्दुलकरले ओरेन्ज क्याप जितेका थिए । सचिनले मुम्बई इण्डियन्सबाट खेल्दै १५ खेलमा ६१८ रन बनाउदै ओरेन्ज क्याप जितेका थिए ।

चौथो आइपिएल सन् २०११ र पाँचौ आइपिएल २०१२ मा वेस्टइन्डिजका क्रिस गेलले लगातार ओरेन्ज क्याप जितेका थिए । गेलले रोयल च्यालेनाजर्स बैंगलोरबाट खेल्दै सन् २०११ मा १२ खेलमा ६०८ र सन् २०१२ मा १५ खेलमा ७३३ रन बनाएर ओरेन्ज क्याप जितेका थिए ।

त्यसपछि छैठौ आइपिएल सन् २०१३ मा अस्ट्रेलियाका खेलाडी माइकल हसीले ओरेन्ज क्याप जितेका थिए । हसीले चेन्नई सुपर किंग्सबाट खेल्दै १६ खेलमा ७३३ रन बनाएर ओरेन्ज क्याप जितेका थिए ।

सातौ आइपिएल २०१४ मा भारतीय खेलाडी रोबिन उथप्पाले ओरेन्ज क्याप जितेका थिए । उथप्पाले कोलकोता नाइट राइडर्सबाट आइपिल खेल्दै १६ खेलमा ६६० रन बनाएर ओरेन्ज क्याप जितेका थिए ।

आठौ आइपिएल सन् २०१५ मा अस्ट्रेलियाका डेभिड वार्नरले ओरेन्ज क्याप जितेका थिए । वार्नरले सन् राइजर्स हैदरावादबाट खेल्दै १४ खेलमा ५६२ रन बनाएर ओरेन्ज क्याप जितेका थिए ।

नवौ आइपिएल २०१६ मा भारतीय खेलाडी विराट कोहलीले ओरेन्ज क्याप जितेका थिए । रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै विराटले १६ खेलमा ९७३ रन बनाउदै ओरेन्ज क्याप जितेका थिए । विराट आइपिएलको एक सिजनमा धेरै रन बनाउने खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका छन् ।

दशौँ आइपिएल २०१७ मा अस्ट्रेलियाका डेभिड वार्नरले दोस्रो पटक ओरेन्ज क्याप जितेका थिए । वार्नरले सनराइजर्स हैदरावादबाट खेल्दै १४ खेलमा ६४१ रन बनाउदै ओरेन्ज क्याप जितेका थिए ।

एघारौ आइपिएल अर्थात अघिल्लो वर्षको आइपिएलमा न्युजील्याण्डका केन विलियम्सनले ओरेन्ज क्याप जितेका थिए । विलियम्सनले सनराइजर्स हैदरावादबाट खेल्दै १७ खेलमा ७३५ रन बनाएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै