• २०८१ बैशाख १३ बिहीबार

समितिमा नागरिताको विवरण सच्चाउने विषयमा सहमति 

kharibot

काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयदेखि  नागरिता ऐन २०६३ संशोधन विधेयकमा छलफल चलिरहेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विवरण सच्चाउने विषयमा सहमति जुटाएको छ । 

लामो समयदेखि छलफलमा रहेको नागरिता विधेयकमा समितिले विवरण सच्चाउने सम्बन्धमा सहमति गरेको हो । नयाँ नागरिताको प्रमाणपत्र लिएका व्यक्तिको हकमा नागरिता जारी गरेको मितिले १ वर्ष भित्र र पुरानो नागरिता लिइसकेका व्यक्तिको हकमा नागरिता ऐन लागु भएको मितिले १ वर्ष भित्रमा १ पटक सच्याउन मिल्ने गरी सहमति भएको छ ।

कुनै व्यक्तिले आफ्नो नेपाली नागरिताको प्रमाणपत्रमा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्र फरक पर्न गई वा नागरिताको प्रमाणपत्रमा सानातिना त्रुटि भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाण सहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ भनिएको छ ।  

सामान्य त्रुटि भन्नाले कुमारी, देवी, बहादुर, प्रसाद जस्ता शब्दलार्ई जनाउने सभापतिले बताइन् ।  

लिङ्गको महलमा अन्य उल्लेख हुने व्यक्तिको हकमा नागरिताको अभिलेखमा मान्यता प्राप्त चिकित्सकको सिफारिसको आधारमा तेस्रो लिङ्गीको लैङिगक पहिचान समेत खुलाउनुपर्ने कुरामा समितिमा सहमति जुटेको छ । 

नागरिता लिने व्यक्तिले चाहेमा सम्बन्धित समुदाय भित्रको थर वा कुनै उपनाम राखि तोकिए अनुसार नागरिताको प्रमाणपत्र लिन सक्ने करामा समितिमा सहमति भएको छ । 

नेपालको संविधानले व्यवस्था गरेको प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिताको हकमा स्वेच्छिक बनाउन सकिने विषयमा छलफल भएको थियो ।  

नागरिता संवेदनशील विषय पनि भएकोले भोली यस्तो भयो भन्ने खालको अवस्था नआओस भन्नको लागि छलफल लामो समयसम्म चलाएको सभापतिले बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै