अनिल अम्बानीलाई जेल जानबाट दाजु मुकेशले बचाए ! 

खरीबोट

नयाँ दिल्ली । भारतको सबै भन्दा धनि व्यापारिक घराना मुकेश अम्बानी अहिले फेरी चर्चामा रहेका छन् । मुकेश अम्बानीले वित्तीय संकटमा रहेका आफ्ना भाईलाई सहयोग गरेर चर्चामा आएका छन् । 

आफ्ना भाई तथा रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिल अम्बानीलाई दाजु मुकेशले जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेसनले टेलिकम निर्माता कम्पनि स्वीडिश कम्पनी एरिक्सनलाई तिर्नु पर्ने रकम भारतीय रुपैया ४५८.७७ करोड रुपैया तिर्न नसक्दा अनिल अम्बानी जेल जानु पर्ने अवस्था सिर्जना भएको थियो । यहि बुधबारसम्म सो रकम तिर्नु पर्ने म्याद रहेकोमा आफ्नो भाईको वित्तीय संकटलाई समाधान गर्दै सो रकम दाजु मुकेश अम्बानीले तिरिदिएको स्वयं अनिल अम्बानीले जानकारी दिएका छन् ।

अनिल अम्बानीले आफ्ना दाजुले आफुलाई समस्या परेको बेला अगाडी आएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘संकटको समयमा म सँग खादा भएकोमा म दाजु मुकेश र भाउजु नितालाई धन्यवाद भन्न चाहन्छु ।’

अनिलले भनेका छन्, ‘यस्तो समयमा सहयोग गरेर आफ्नो पारिवारिक मुल्यका प्रति सच्चाइका साथ खडा हुन कति जरुरी छ । म र मेरो परिवार खुशी छ कि हामी पुरानो कुराबाट अगाडी निस्किएर अगाडी आयौं । ठुलो दाजुको यो कदमबाट म आभारी छु ।’

यसअघि सन् २००४ मा दुवै दाजु भाईबीच सम्पत्तिको बारेमा झगडा भएको कुरा बाहिर आएको थियो । त्यसपछि आमा कोकिला अम्बानीले दुवै भाईलाई छुट्टाइदिएकी थिइन् ।

दुवै दाजु भाई बीच एक अर्काको क्षेत्रमा लगानी नगर्ने सम्झौता भएको भएपनि त्यसलाई सन् २०१० मा तोडिएको थियो । त्यसपछि मुकेश अम्बानीले जियो मोबाइल लन्च गरेका थिए । जियो मोबाइल अहिले विश्वकै सबैभन्दा छिटो स्थापित भएको र धेरै ग्राहक संख्या भएको मोबाइल कम्पनिहरु मध्ये एकमा पर्दछ ।
 
  
 

सम्बन्धित समाचार

अनिल अम्बानीलाई जेल जानबाट दाजु मुकेशले बचाए ! 

नयाँ दिल्ली । भारतको सबै भन्दा धनि व्यापारिक घराना मुकेश अम्बानी अहिले फेरी चर्चामा रहेका छन् । मुकेश अम्बानीले वित्तीय संकटमा रहेका आफ्ना भाईलाई सहयोग गरेर चर्चामा आएका छन् ।  आफ्ना

मुकेश अम्बानीकी छोरी इशा वैवाहिक बन्धनमा बाधिदै 

मुम्बई । भारतीय कम्पनी रिलायन्सका मालिक मुकेश अम्बानीको छोरी इशा अम्बानी वैवाहिक बन्धनमा बाधिने भएकी छन् ।  भारतको सबै भन्दा ठुलो व्यापारिक घराना अम्बानीकी छोरी इशाको विवाह भारत कै रियल स्टेट

मुकेश अम्बानीका जेठा छोरा आकाशले गरे श्लोकालाई प्रपोज 

मुम्बई । भारतको सबैभन्दा ठुलो व्यापारिक समुहका प्रमुख मुकेस अम्बानीले आफ्ना जेठा छोरा आकाश अम्बानीको विवाह भारतकै हिरा व्यापारी रशेल मेहताकी छोरीसँग गर्ने भएका छन् । लामो समयदेखि आकाश र श्लोका

अम्बानी परिवारका नयाँ पुस्ता जय अनमोलको नयाँ पारी

मुम्बई । भारतमा व्यापारिक घरानामा नयाँ पुस्ताले आफ्नो विशेष ठाउ बनाउदै आएका छन् । भारतकै धनी अम्बानी परिवारमा अहिले नयाँ पुस्ताका एक युवाको चर्चा सुरु भएको छ । उनि हुन् अनिल


z