• २०८१ बैशाख ७ शुक्रबार

अनिल अम्बानीलाई जेल जानबाट दाजु मुकेशले बचाए ! 

kharibot

नयाँ दिल्ली । भारतको सबै भन्दा धनि व्यापारिक घराना मुकेश अम्बानी अहिले फेरी चर्चामा रहेका छन् । मुकेश अम्बानीले वित्तीय संकटमा रहेका आफ्ना भाईलाई सहयोग गरेर चर्चामा आएका छन् । 

आफ्ना भाई तथा रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिल अम्बानीलाई दाजु मुकेशले जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेसनले टेलिकम निर्माता कम्पनि स्वीडिश कम्पनी एरिक्सनलाई तिर्नु पर्ने रकम भारतीय रुपैया ४५८.७७ करोड रुपैया तिर्न नसक्दा अनिल अम्बानी जेल जानु पर्ने अवस्था सिर्जना भएको थियो । यहि बुधबारसम्म सो रकम तिर्नु पर्ने म्याद रहेकोमा आफ्नो भाईको वित्तीय संकटलाई समाधान गर्दै सो रकम दाजु मुकेश अम्बानीले तिरिदिएको स्वयं अनिल अम्बानीले जानकारी दिएका छन् ।

अनिल अम्बानीले आफ्ना दाजुले आफुलाई समस्या परेको बेला अगाडी आएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘संकटको समयमा म सँग खादा भएकोमा म दाजु मुकेश र भाउजु नितालाई धन्यवाद भन्न चाहन्छु ।’

अनिलले भनेका छन्, ‘यस्तो समयमा सहयोग गरेर आफ्नो पारिवारिक मुल्यका प्रति सच्चाइका साथ खडा हुन कति जरुरी छ । म र मेरो परिवार खुशी छ कि हामी पुरानो कुराबाट अगाडी निस्किएर अगाडी आयौं । ठुलो दाजुको यो कदमबाट म आभारी छु ।’

यसअघि सन् २००४ मा दुवै दाजु भाईबीच सम्पत्तिको बारेमा झगडा भएको कुरा बाहिर आएको थियो । त्यसपछि आमा कोकिला अम्बानीले दुवै भाईलाई छुट्टाइदिएकी थिइन् ।

दुवै दाजु भाई बीच एक अर्काको क्षेत्रमा लगानी नगर्ने सम्झौता भएको भएपनि त्यसलाई सन् २०१० मा तोडिएको थियो । त्यसपछि मुकेश अम्बानीले जियो मोबाइल लन्च गरेका थिए । जियो मोबाइल अहिले विश्वकै सबैभन्दा छिटो स्थापित भएको र धेरै ग्राहक संख्या भएको मोबाइल कम्पनिहरु मध्ये एकमा पर्दछ ।
 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै