• २०८१ बैशाख १३ बिहीबार

आइपिएलको पुरा खेल तालिका सार्वजनिक

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करणको समुह चरणको खेल तालिका सार्वजनिक भएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतमा यस बर्ष हुने आम निर्वाचनका कारण यस अघि पहिलो दुई साताको खेल तालिका मात्र सार्वजनिक गरेकोमा मंगलबार लिग चरणको सम्पूर्ण तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिका अनुसार आइपिएलका समुह चरणका खेलहरु मार्च २३ देखि मे ५ सम्म हुने छन् ।

तर सार्वजनिक तालिकामा प्लेअफका खेलहरुको खेल तालिका भने सार्वजनिक गरिएको छैन । क्रिकइन्फोका अनुसार आइपिएलको फाइनल खेल मे १२ मा चेन्नईमा हुने भएको छ । त्यस्तै पहिलो क्वालिफायर मे ७ मा, पहिलो इलिमिनेटर मे ८ मा र दोस्रो इलिमिनेटर खेल मे १० मा हुने क्रिकइन्फोले लेखेको छ । 

यस संस्करणको पहिलो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच मार्च २३ मा चेन्नईमा हुने भएको छ । 

भारतमा ७ चरणमा आम निर्वाचनको मिति घोषणा गरिएपछि सोहि अनुसार आइपिएलको खेल तालिका सार्वजनिक गरेको हो ।

त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि आइपिएल खेल्न बुधबार त्यसतर्फ जादै छन् । सन्दीप खेल्ने टीम दिल्ली क्यापिटलको पहिलो खेल भने मुम्बई इण्डियन्सविरुद्ध मार्च २४ मा हुने भएको छ ।

आइपिएल खेल तालिका हेर्न यँहा क्लिक गर्नुहोस् 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै