• २०८१ बैशाख ७ शुक्रबार

मर्यादित रुपमा होली मनाउन गृह मन्त्रालयको अनुरोध

kharibot

काठमाडौँ । गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ । 

यही चैत ६ र ७ गते मनाइने होली पर्वका अवसरमा देश÷विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले आज एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ ।

“कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्र्रति नगर्न र नगराउन गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै