• २०८१ बैशाख ४ मंगलबार

आइपिल २०१९ : ‘प्लेयर्स टु वाच’

kharibot

काठमाडौँ । आगामी शनिबारदेखि शुरु हुने इण्डियन प्रिमियर लिग (आइपिएल) को चर्चा फेरी सुरु भएको छ । आइपिएलमा भारतीय तथा अन्य अन्तर्राष्ट्रिय क्रिकेटरको प्रदर्शनको चर्चा विशेष हुने गर्दछ । क्रिकेटको टी-२० फ्रेन्चाईज लिग मध्येको सबै भन्दा ठुलो लिगको रुपमा आइपिएललाई लिने गरिन्छ ।

यस प्रतियोगिताको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुने गर्दछ भने यस प्रतियोगिताले अहिलेका धेरै क्रिकेट स्टारहरुलाई जन्म दिएको छ । यसैक्रममा यस आइपिएलमा प्लेयर्स टु वाचको सुचीमा आइसीसीले प्रकासित गरेको एक रिपोर्ट यँहा प्रस्तुत गरिएको छ ।

सुभम गिल (कोलकोता नाइट राइडर्स) : १९ बर्षिय ब्याट्सम्यान शुभम गिललाई कोलकोताले एक करोड ८० लाखमा अक्सन मार्फत किनेको हो । पहिलो सिजनमा शुभमले १३ खेलमा २०३ रन बनाएका थिए । भारतीय अन्डर १९ टिमलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका शुभमलाई भारतीय क्रिकेटको भविष्यको स्टार खेलाडीको रुपमा हेरिएको छ । उनले हालै भारतीय टिमका लागि एकदिवसीय डेभ्यु पनि न्युजील्याण्डविरुद्ध गरेका थिए । उनलाई यस आइपिएलको प्लेयर्स टु वाचको सुचीमा आइसीसीले राखेको छ ।

सन्दीप लामिछाने (दिल्ली क्यापिटल) : नेपाली लेग स्पिनर सन्दीपको आइपिएलमा यो दोस्रो सिजन हो । पहिलो सिजनमा केबल ३ खेल खेलेर ५ विकेट लिएका सन्दीप यस बीचमा विश्वका चर्चित सबै टी-२० फ्रेन्चाईज प्रतियोगिता खेलिसकेका छन् । सबै टी-२० प्रतियोगिताबाट अनुभव हासिल गरेका सन्दीपले यस आइपिएलमा विशेष प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । पहिलो आइपिएलमा २० लाख भारतीय रुपैंयामा दिल्लीमा अनुबन्ध भएका सन्दीप यस सिजनमा दिल्लीले रिटेन गरेका ११ खेलाडीमा परेका थिए । उनलाई यस सिजनमा पनि सोहि रकम दिएको बताइएको छ । सन्दीप यस आइपिएलको प्लेयर्स टु वाच सुचीमा रहेका छन् ।

शिमरोन हेटमेयर ( रोयल च्यालेन्जर्स बैंगलोर) : वेस्टइन्डिजका ब्याटिंग सेन्सेसन हेटमेयरलाई बैंगलोरले ४ करोड २० लाख खर्च गरेर किनेको छ । अहिले वेस्टइन्डिज क्रिकेटका ब्याटिंग पिलरका रुपमा रहेका हेटमेयरले हालै सम्पन्न क्यारेबियन प्रिमियर लिगमा शतक बनाउदै क्यारेबियन लिगमा शतक बनाउने युवा खेलाडी बनेका थिए । देब्रे हातका ब्याट्सम्यान हेटमेयर विष्फोटक ब्याटिंगका लागि चिनिन्छन् ।

साम कुरान ( किंग्स इलेभेन पंजाव) : २० बर्षिय इङल्याण्डका अलराउन्डर कुरानलाई पनि यस आइपिएलमा प्लेयर्स टु वाचको सूचीमा राखिएको छ । कुरानलाई पंजावले ७ करोड २० लाख खर्च गरेर भित्राएको छ । भारतलाई टेस्ट सिरिजमा ४-१ ले पराजित गर्ने क्रममा कुरान प्लेयर अफ द सिरिज बनेका थिए । टी-२० मा कुरानले त्यस्तो असरदार प्रदर्शन नगरे पनि उनले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।

लुंगी एनगिडि (चेन्नई सुपर किंग्स) : दक्षिण अफ्रिकाका बलर एनगिडीलाई पनि आइपिएलको प्लेयर्स टु वाच सुचीमा राखिएको छ । आइपिएल अक्सनमा ५० लाखमा चेन्नईले उनलाई किनेको छ । गत सिजनमा उनले ७ खेलमा ११ विकेट लिएका थिए जसमा पंजावविरुद्ध १० रन दिएर ४ विकेट उनको उत्कृष्ट प्रदर्शन थियो । इन्जुरीका कारण लामो समय टिम बाहिर रहेका एनगिडी विश्वकपमा दक्षिण अफ्रीकाका महत्वपूर्ण खेलाडी मानिन्छन् ।

मयंक मार्कनडे (मुम्बई इण्डियन्स) : गत सिजनको आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै १५ विकेट लिएका मयंकले आफ्नो गुगलीबाट महेन्द्र सिंह धोनीको विकेट लिएपछि चर्चामा आएका थिए । २० लाखमा मुम्बईले किनेको मयंकले लगातार राम्रो प्रदर्शन गरेका छन् । उनलाई मुम्बईले यस सिजनका लागि रिटेन गरेको थियो । पंजावबाट घरेलु क्रिकेट खेलेका मयंक भारतको ए टिम र हालै अस्ट्रेलियाविरुद्धको टी-२० खेलमा राष्ट्रिय टिममा समेत परेका थिए । उनलाई पनि यस आइपिएलको प्लेयर्स टु वाच सुचीमा राखिएको छ ।

विजय शंकर ( सनराइजर्स हैदरावाद) : गत सिजनमा दिल्लीबाट आइपिएल खेलेका विजय शंकर यस सिजनमा सनराइजर्सबाट आइपिल खेल्दै छन् । हाल भारतीय राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गरिएका विजयलाई यस आइपिएलको प्लेयर्स टु वाच सुचीमा राखिएको छ । गत सिजनमा उनले १३ खेलमा २१२ रन बनाएका थिए । उनलाई दिल्लीले सनराइजर्सलाई दिदै शिखर धवनसँग साटेको थियो । उनलाई आगामी क्रिकेट विश्वकपका लागि समेत भारतीय टिममा ठाउ बनाउन सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

ओशने थोमस (राजस्थान रोयल्स ) : वेस्टइन्डिजका ६ फिट ६ इन्चका तिब्र गतिका बलर ओशनेलाई राजस्थानले १ करोड १० लाखमा किनेको छ । क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै १८ विकेट लिएका ओशनेले आइपिएलमा डेभ्यु गर्दै छन् । उनलाई यस आइपिएलमा प्लेयर्स टु वाचको सुचीमा राखिएको छ । उनी अहिले वेस्टइन्डिज टिमका महत्वपूर्ण खेलाडी हुन् ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै