• २०८१ बैशाख ७ शुक्रबार

साफ महिला फुटबल : सेमिफाइनलका दुवै खेल आज, नेपाल श्रीलंकासँग खेल्दै 

kharibot

विराटनगर । विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । खेल विहान ११ बजे शहिद रंगशालामा हुदै छ ।

नेपालले समुह चरणका दुवै खेल जितेर समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा भुटान र बंगलादेश दुवैलाई ३-० ले पराजित गरेको थियो । त्यस्तै श्रीलंका भने माल्दिभ्ससँग २-० ले विजयी भएको थियो भने भारतसँग ५-० ले पराजित बह्येको थियो । 

सेमिफाइनल खेल बारे नेपाली टिमका प्रशिक्षक हरि खड्काले सेमिफाइनलको लागि टोली पूर्ण रुपमा तयार रहेको बताए । उनले भनेम ‘हामी प्रतियोगिताको सेमिफाइनल खेल्दैछौं । टोली शारीरिक र मानसिक रुपमा तयार छ । श्रीलंकाभन्दा हामी बलियो नै छौं तर प्रशिक्षणमा तयार गरेको रणनीतिलाई प्रयोग गर्दै फाइनल यात्रा तय गर्ने लक्ष्य राखेका छौं ।’

प्रशिक्षक खड्काले नेपाल बलियो भएपनि श्रीलंकालाई सहज रुपमा भने नलिएको बताए । ‘श्रीलंकाभन्दा हामी राम्रो टोली हौं । भारतले ५ गोल खाएको छ तर हामीले आफूलाई उपाधि दावेदारको रुपमा प्रस्तुत गरिरहँदा श्रीलंकाले केहि रक्षात्मक रणनीति अपनाउने अपेक्षा गरेको छु । त्यसको लागि पनि हामी तयार नै छौं,’ उनले भने, ‘ टोलीमा केहि परिवर्तन हुने वा नहुने अहिले भन्न सक्ने अवस्था छैन ।’

नेपाल र श्रीलंका हालसम्म ५ पटक एकआपसमा खेलेका छन् जसमा सबै खेलमा नेपाल विजयी भएको छ । 

बुधबारै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन् । भारत समूह बी को विजेता हो भने बंगलादेश समूह ए मा नेपालभन्दा पछाडी रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

भारतले साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म हार बेहोरेको छैन र पछिल्ला चारै संस्करणमा उपाधि हात पारेको छ । यता नेपाल भने ३ पटक उपविजेता भैसकेको छ भने बंगलादेश पछिल्लो संस्करणको उपविजेता हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै