• २०८१ बैशाख १४ शुक्रबार

टी-२० विश्वकप छनौट : नेपालले पहिलो खेल कतारसँग खेल्ने 

kharibot

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेलको खेल तालिका सार्वजनिक भएको छ ।  

नेपालसँगै युएई, कतार, सिंगापुर, मलेसिया र कुवेत एशियाको अन्तिम छनौटमा पुगेका छन् । अब यी टिमबाट शिर्ष २ टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । यी ६ टिम मध्ये यूएई भने ग्लोबल छनोटको अयोजना गर्ने भएपछि उसले एसिया छनोटको फाइनल राउण्ड नखेल्ने भएको हो । उसले स्वतः ग्लोबल छनोटमा ठाउ पक्का गरेको छ ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार एशिया स्तरको छनौट खेल आगामी जुलाई २२ देखि २८ सम्म हुने भएको आइसीसीले जानकारी दिएको छ ।

सिंगापुरमा हुने सो प्रतियोगिताको पहिलो खेलमा २२ जुलाईमा आयोजक सिंगापुर र कतार खेल्ने छन् ।


खेल तालिका :

२२ जुलाई : सिंगापुर भर्सेज कतार
         : कुवेत भर्सेज मलेसिया
२३ जुलाई : कतार भर्सेज नेपाल 
        : सिंगापुर भर्सेज कुवेत 
२४ जुलाई : नेपाल भर्सेज मलेसिया
२६ जुलाई : कतार भर्सेज कुवेत 
        : सिंगापुर भर्सेज मलेसिया
२७ जुलाई : कुवेत भर्सेज नेपाल 
        : मलेसिया भर्सेज कतार 
२८ जुलाई : सिंगापुर भर्सेज नेपाल  


 
एशिया स्तरको यो छनौट खेलबाट दुई टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । ग्लोबल क्वालिफायरका लागि एशिया, अफ्रीका र अमेरिका क्षेत्रबाट २-२ तथा युरोप र इष्ट एशिया प्यासिफिकबाट १-१ गरि ८ देश छानिने छन् । 

ग्लोबल क्वालिफायरका लागि अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा खेल हुने छ । जसमा आयोजक युएई, ग्लोबल क्वालिफायरमा छनौट भएका ८ देशका साथै हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र जिम्बाबे गरि १५ देशले ग्लोबल क्वालिफायर खेल्ने छन् । जसबाट ६ देश विश्कपका लागि छनौट हुने छन् ।    

ग्लोबल क्वालिफायरबाट आएका ६ देशले विश्वकपको पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग सुपर १२ का लागि खेल्ने छन् । जसबाट ४ टिम सुपर १२ मा पुग्ने छन् ।

अहिलेसम्म आयोजक अस्ट्रेलियासहित पाकिस्तान, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, ईङल्याण्ड, वेस्टइन्डिज र अफगानिस्तान विश्वकपको सुपर १२ मा पुगिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै