• २०८१ बैशाख १३ बिहीबार

साफ महिला फुटबल सेमिफाइनल : पहिलो हाफमा नेपालको १-० को अग्रता 

kharibot

विराटनगर । विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध १-० को अग्रता लिएको छ ।

खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलबाट नेपालले सेमिफाइनलको पहिलो हाफमा अग्रता लिएको हो । पेनाल्टी बक्स भित्र सावित्रा भण्डारीले हेडमार्फत दिएको पासमा पुनमले गोल गरेकी हुन् ।

नेपालले समुह चरणका दुवै खेल जितेर समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा भुटान र बंगलादेश दुवैलाई ३-० ले पराजित गरेको थियो । त्यस्तै श्रीलंका भने माल्दिभ्ससँग २-० ले विजयी भएको थियो भने भारतसँग ५-० ले पराजित भएको थियो । 

बुधबारै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन् । भारत समूह बी को विजेता हो भने बंगलादेश समूह ए मा नेपालभन्दा पछाडी रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

भारतले साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म हार बेहोरेको छैन र पछिल्ला चारै संस्करणमा उपाधि हात पारेको छ । यता नेपाल भने ३ पटक उपविजेता भैसकेको छ भने बंगलादेश पछिल्लो संस्करणको उपविजेता हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै