• २०८१ बैशाख ८ शनिबार

नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलंका ४-० ले पराजित 

kharibot

विराटनगर । विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज भएको पहलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालको लागि पुनम जर्घामगर, सावित्री भण्डारी, अनिता बस्नेत र रेखा पौडेलले एक एक गोल गरेका थिए । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

यसअघि नेपालले समुह चरणका दुवै खेल जितेर समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको थियो । नेपालले समुह चरणमा भुटान र बंगलादेश दुवैलाई ३-० ले पराजित गरेको थियो । त्यस्तै श्रीलंका भने माल्दिभ्ससँग २-० ले विजयी भएको थियो भने भारतसँग ५-० ले पराजित भएको थियो । 

अब उपाधिका लागि बुधबारै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशको विजेतासँग नेपालले खेल्ने छ । 

भारत समूह बी को विजेता हो भने बंगलादेश समूह ए मा नेपालभन्दा पछाडी रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

भारतले साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म हार बेहोरेको छैन र पछिल्ला चारै संस्करणमा उपाधि हात पारेको छ । यता नेपाल भने ३ पटक उपविजेता भैसकेको छ भने बंगलादेश पछिल्लो संस्करणको उपविजेता हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै