अनुहार होइन मन रङ्ग्याउँ !

खरीबोट

तस्बीर : रासस

काठमाडौँ । “आउ प्रिय हामी मिलेर खेलौ होली 
भरिदिन्छु तिम्रो म मायाको झोली 
जे जे गर्नु छ आजै समय छँदै गरौँ 
कसले देखेको छ र के हुन्छ भोलि ।” 

चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव बाँड्ने र नाचगानका गतिविधिमा मानिस व्यस्त छन् । 

खासगरी युवापुस्ता बढी सक्रिय देखिँदै आएका छन् । रमाइलो मान्ने र गर्ने एक माध्यम बनेको होलीका अवसरमा शहरका विभिन्न स्थानमा म्युजिक सिष्टमसहित बनाइएका मञ्चमा उनीहरुको आकर्षण देखियो । यस्ता कार्यक्रममा कलाकारको प्रस्तुतिले उनीहरुलाई थप रोमाञ्चित बनाएयो । विभिन्न टेलिभिजन, रेडियो र संस्थाले आफ्नो कार्यालय तथा आसपासका खुला स्थानमा यस्ता कार्यक्रम आयोजना गरेका छन्, जहाँ केटाकेटीदेखि बूढाबूढीसम्म मनोरञ्जन लिइरहेका छन् । 

विगत वर्षमा जस्तो होलीका नाममा विकृति नभएको हुँदा इच्छाविपरीत पानी र जथाभावी रङ्ग हाल्ने क्रम रोकिएकाले महिला पनि यस्ता कार्यक्रममा सहजरुपमा उपस्थित भएको पाइयो । होलीकै क्रममा टोखामा व्यस्त भएका कलाकार सीताराम कट्टेल ¬‘धुर्मुस¬’ ले दर्शकलाई भरमग्धुर हसाउन व्यस्त हुनुभयो भने हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लाइभ प्रस्तुत भई होलीका सन्देश प्रस्तुत गरे । 

होलीका लागि गजुरेलको सन्देश छ : 

“जति दल्नुस् साइली अनुहार देखिहालिन्छ भोलि 
होलीको रङ्ग अहिले दल्नुस् भरे धुनुपर्छ 
त्यसैले अनुहार होइन मन रङ्ग्याउनुपर्छ ।” 

हास्यव्यङ्य प्रस्तुतिको पहिचान बोकेको ‘रेडियो अडियो¬’ ले नयाँ बानेश्वरमा यस वर्ष पनि विभिन्न कलाकार आमन्त्रण गरेर होली मनाएर स्रोता र दर्शकलाई मनोरञ्जन दिलायो । आगामी वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दालभात तरकारी’ को ‘भिजिट भिषामा हजुर भिजिट भिषामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा..” बोलको गीत र अन्य प्रस्तुतिमा सहभागी मुग्ध भएका थिए । 

कलाकार बोलाएर महाराजगञ्जमा ‘रेडियो अन्नपूर्ण’ ले यस वर्ष त्यस क्षेत्रमा उत्सव मनाएको छ । यस्ता कार्यक्रमका लाइभ प्रस्तुतिलाई पनि स्रोताले रुचाएका छन् । वसन्तपुरमा सदाझैँ यो वर्ष पनि होली विशेष सांस्कृतिक कार्यक्रममा स्वदेशी मात्र नभई विदेशीसमेत रमाएका छन् । काठमाडौँका विभिन्न स्थलबाट सवारी साधन वा पैदलमा होली खेल्दै हिँडेका विभिन्न समूह त्यहाँ पुगेर मिसिएका थिए । भक्तपुर र पाटन दरबार स्क्यावरका पर्यटक पनि होलीको रोचक दृष्यमा रमाएका देखिन्थे । 

नायिका-निर्देशक दिपाश्री निरौलाले ¬‘नसारहित सुन्दर जीवन सम्भव छ..’ सन्देशसहितको सांस्कृतिक कार्यक्रममा प्रदेश नं १ को मुकाम विराटनगरमा प्रस्तुति दिएर होली मनाएकी छन् । निरौलाले भनिन् , “लागुपदार्थ दुव्र्यसन र कुलतमा युवा फसी जीवन बर्बाद पार्नु हुँदैन भन्ने हाम्रो सन्देश हो, प्रदेश नं १ बाट यो अभियान शुरु भएको छ ।” 

होलीका क्रममा जथाभावी पानी फ्याल्ने र रङ्ग दल्ने क्रम घटे पनि आपसमा खेल्ने क्रममा पनि आवश्यकताभन्दा बढी रङ्ग, माटो र हिलो दल्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेजस्ता विकृति पनि मिसिएको छ । बढी रङ्ग र माटो दल्दा वा अत्यधिक मादक पदार्थ सेवक गर्दा स्वास्थ्यमा खराबी हुन सक्छ भने सामाजिक विकृतिसमेत निम्ल्याउने छ ।  

सम्बन्धित समाचार

होली मनाउने क्रममा रुपन्देहीमा दुर्घटना हुँदा दुईको मृत्यु

रुपन्देही । होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा विहिबार दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको

होलीको दिन काठमाडौँ उपत्यकामा दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् ।  होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।  सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन

घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत

गलकोट । देशभर होलीको रौनक छाइ, युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ सदरमुकाम बागलुङ बजारमा ३०० वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो ।  मजाको फागुन जानै मा लाग्यो,


z