• २०८१ बैशाख ८ शनिबार

भारत साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा

kharibot

विराटनगर । भारत साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

अब प्रतियोगिताको फाइनलमा शुक्रबार नेपाल र भारत प्रतिस्पर्धा गर्ने छन् ।

भारतको जितमा इन्दुमती काथेरासेनले २, डालिमा चेबेर र मनीषाले एक एक गोल गरेका थिए । 

यस अघिको साफ महिला फुटबल च्याम्पियनसिपमा भारत र बंगलादेशबीच फाइनल भएको थियो । भारतले यसअघिका सबै चार संस्करण जितेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै