• २०८१ बैशाख ७ शुक्रबार

होलीको दिन काठमाडौँ उपत्यकामा ५५८ सवारी साधन कारवाहीमा 

kharibot

काठमाडौँ । होलीको अवसरमा काठमाडौँ उपत्यकामा ५५८ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यलयका अनुसार होलीको दिन ५५८ सवारी साधनलाई नियन्त्रणमा लिएको र १५२ सवारी साधानलाई कसुर अनुसारको कारवाही गरि छाडिएको जनाएको छ ।

काठमाडौँमा मात्रै १०७ स्थानमा ‘चेक प्याइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ । होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार तिन जना मोटरसाइकलमा सवार रही चलाएको सवारी साधान ७१,हेल्मेट नलगाई चलाएको सवारी साधान २६, कागजपत्र साथमा नभएको सवारी साधान कारवाही संख्या ३०८, मादक पदार्थ सेवन गरी सवारी साधान चलाएको कारवाही संख्या ६७, लापरवाहीका साथ सवारी साधान चलाएको कारवाही संख्या ६४ र बिना पास (बिदाको दिनमा) सवारी साधान चलाएको कारवाही संख्या २२ रहेको छ ।

सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको जनाएको छ । 

होलीका कारण आज काठमाडौँ उपत्यकामा सवारी आवागनम न्यून देखिएको छ । अन्य सार्वजनिक बिदाभन्दा आज काठमाडौँमा अत्यन्त न्यून सवारी सञ्चालनमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । छिटफुट सार्वजनिक सवारी चलेका देखिन्छन् भने सामान्य मात्रामा निजी सवारी सञ्चालनमा छन् । सबै होलीमा रमाइरहेकाले सवारी कम चलेको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । 

चेकजाँच कडाइसँगै हेलमेट नलगाई हिँड्ने, मापसे गर्ने जबर्जस्ती गर्ने, मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलगायत गतिविधिमा ट्राफिक प्रहरीले कडाइ गरेको छ उनले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै