आइपिएल खेल्न सन्दीप भारततर्फ

खरीबोट

काठमाडौँ । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् । 

यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दिप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दिपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ । 

गत सिजनको आइपिएपलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दिप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । 

सन्दिपले गतवर्ष दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिँर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा सन्दिपको पारिश्रमिक २० लाख भारतीय रुपैयाँ रहेको छ ।  
 

सम्बन्धित समाचार

आइपिएलका यी खेलाडी जसले टिमलाई जिताए र डुबाए ! 

काठमाडौँ । डेढ महिना लामो आइपिएल सकिएको छ । मुम्बई इण्डियन्सले रोमान्चक खेलमा चेन्नईमाथि एक रनको जित हासिल गर्दै चौथो पटक आइपिएलको उपाधि जित्यो । यस रिपोर्टमा आइपिएल फेन्चाईजले किनेका खेलाडीको

आइपिएलमा कसले कुन अवार्ड र कति रकम जिते ?

काठमाडौँ । आइपिएलको यस सिजन सकिएको छ । मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गर्दै चौथो पटक आइपिएल उपाधि जितेको छ । यस आइपिएलमा जित हासिल गर्दै मुम्बईले

आइपिएलको उपाधि मुम्बई इण्डियन्सले जित्यो 

काठमाडौँ । इण्डियन्स प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा मुम्बईले चेन्नईलाई एक रनले पराजित गर्दै चौथो पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले

आइपिएल फाइनल : मुम्बईले चेन्नईलाई दियो १५० रनको लक्ष्य 

काठमाडौँ । आइपिएल अन्तर्गत फाइनल खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्सलाई १५० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको हो


z