कपिलवस्तुबाट विप्लव समुहका चार नेता पक्राउ

खरीबोट

जितपुर । सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए । यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् । 

यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । 

पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर चिनिएका सबै नेता खुला रुपमा देखिन छाडेका छन् ।
 

सम्बन्धित समाचार

महिलालाई दुर्व्यबहार गर्ने आठ पक्राउ

धनुषा । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी

५७ किलो गाँजासहित १ भारतीय र २ नेपाली पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम गाँजा र कारसहित नियन्त्रणमा लिएको छ । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

बेझाड / बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय

बालिका बलात्कृत, आरोपी पक्राउ

गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी


z