भिरबाट लडेर पर्यटकको मृत्यु

खरीबोट

कास्की । मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ । पदयात्रामा आएका जापानका ६४ वर्षीय नाजासावा माजासीको आज माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर होटल फर्कने क्रममा लडेर मृत्यु भएको हो । 

यही चैत १ गते काठमाडौँको हिमालयन शेर्पा एडभेञ्चर कम्पनीबाट चार जापानी र दुई नेपाली पथप्रदर्शक सो क्षेत्रमा पदयात्रामा गएका थिए । माजासीको लडेर मृत्यु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुर्पा शेर्पाले जानकारी दिए । उनी बाटोबाट चिप्लिई करीब ७०० मिटर तल खसेको पथप्रदर्शक पासाङ दावा शेर्पालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । 

हेलिकप्टरबाट उद्धार गर्न खोजे पनि खराब मौसमका कारण सम्भव हुन सकेन । घटनास्थल पुग्न माछापुच्छ्रेको सिदिङबाट पैदल दुई दिन लाग्छ ।

सम्बन्धित समाचार

पर्यटकका लागि अन्तरिक्ष स्टेशन खुल्ला गर्दै नासा

न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार

पर्यटकीय गाउँपालिका खुम्बु पासाङल्हामु पुरस्कृत

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई

पर्यटकको रोजाइमा बोराका घुमाउने घर

पोखरा । बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने

धादिङमा पर्यटक बस खोलामा खस्दा एकको मृत्यु १८ जना घाइते

धादिङ । थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ ।  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट


z