४८ वर्षीय गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी पढाई मोह ! 

खरीबोट

तस्बीर : रासस

लमही । पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी भएकी कुराले यही भनाइलाई पुष्टि गर्छ । वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न भएकी हुन् ।

कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाडेकी उनी यसै वर्ष कक्षा ८ मा भर्ना भएकी हुन् । 

“पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दै परीक्षामा सहभागी भएको हुँ”, उनले भने । सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ शुरु गरेको उनको भनाइ थियो । “सानो उमेरमा बुबाले पढ भन्दा भन्दै पनि पढ्न छोडेँ । त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुन्थ्यो ”, उनले भनिन् । 

चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उनको भनाइ थियो । “जेठो भाइ मेटमनी चौधरी सांसद हुनुभएको छ”, उनले भनिन् । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उनले सुनाईन् । उनका एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहेका छन् । “जेठो छोराले सब इञ्जिनीयर पढ्छ”, उनले भनिन्, “जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ ।” 

उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताईन् । “राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ”, उनले भनिन्, “त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उनको भनाइ थियो । 

धेरै ऐन, नियम, कानून, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान सिकेकी उनलाई गणित, विज्ञान र अङ्ग्रेजी केही अप्ठ्यारो लागेको छ । अन्य विषय भने सजिलै लागेको छ । गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुपर्दा विद्यालय जान नपाए पनि घरमै अध्ययन गरेर परीक्षा दिएको उनको भनाइ थियो । चौधरी तत्कालीन एमालेबाट निर्वाचित भएकी हुन् । 

१० बजे गाउँपालिका साढे १२ बजे स्कुल 

परीक्षा अवधिभर पनि उहाँले गाउँपालिकाको काम र परीक्षालाई सँगै अगाडि बढाएकी छन् । दश बज्नेबित्तिकै गाउँपालिका पुग्ने उनी दुई घण्टासम्म गाउँपालिकाको काम गर्छिन् भने १२ बजे परीक्षा दिन परीक्षा केन्द्र जाने गरेकी छन् । एकदेखि ४ बजेसम्म हुने परीक्षा सकेर पुनःगाउँपालिकामा पुगेर काम सकेर घर फर्किने गरेकी छन् । “परीक्षा अवधिभर परीक्षा र गाउँपालिकाको कामलाई सँगै अगाडि बढाएकी छु”, उनले भनिन् ।

सम्बन्धित समाचार

भारतमा पढ्न जाने नेपालीबाट गुम्यो छ करोड सेवा शुल्क

काठमाडौँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ

व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छ : मन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताएका छन । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उनले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा बनाउन

दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

दक्षिण कोरिया । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क

गिट्टी कुटेर छोरीलाई उच्च शिक्षा

बेझाड /  रामपुर नगरपालिका–६ तिलकपुरका टोपनारायण ढकालले गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गरेका छन । प्रयाप्त आयस्रोत नहुँदा छोराछोरीको पढ्ने चाहना हुँदाहँुदै पनि बीचमै पढाइ छोडाउन बाध्य हुने यहाँका अभिभावकका लागि


z