गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह – डा. शशांक कोइराला

खरीबोट

फाइल तस्बीर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक हुन्छ र सकिन्छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ।’ कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । 

महामन्त्री कोइरालाले धर्म निरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा यसअघि पनि व्यक्त गर्दै आएका थिए । संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति भने उनले पहिलोपटक सार्वजनिक गरेका हुन् । आफूलाई मत दिएकामध्ये ८० देखि ९० प्रतिशत हिन्दु धर्म मान्ने भएकाले हिन्दु धर्मकै पक्षमा रहेको उनले बताए ।

संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक हुन्छ र सकिन्छ ।

गत पुसमा सम्पन्न कांग्रेस महासमिति बैठकमा केही महासमिति सदस्यले हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर संकलन अभियान चलाएका थिए । अभियानमा कोइरालासहित कतिपय शीर्ष नेताहरुले समर्थन गरेका थिए । झन्डै बहुमत महासमिति सदस्यले हस्ताक्षर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्र हुनुपर्ने धारणासहितको हस्ताक्षर बुझाएका थिए । 

कोइरालाले ८५ प्रतिशतभन्दा बढी नागरिक हिन्दु भएको राष्ट्रलाई धर्म निरपेक्षता घोषणा गर्ने कदम उपयुक्त नभएको दोहोर्याए। ‘यसको त्यतिबेलै विरोध हुनुपर्थ्यो,’ कोइरालाले भने, ‘त्यति बेला किन विरोध नगरेको ?  म धर्मगुरुहरूलाई पनि प्रश्न गर्छु।’ क्रिस्चियानिटीको पैसाका कारण धर्म निपरपेक्षता विरोध नभएको दाबी कोइरालाले गरे ।
 

सम्बन्धित समाचार

'गुठी विधेयकविरुद्धको आन्दोलनमा काँग्रेसको ऐक्यबद्धता'

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले गुठी विधेयकविरुद्धको आन्दोलनमा आफ्नो समर्थन रहेको स्पष्ट गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले यसको विरोध गरेका हुन् ।

फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन्

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गरेका छन् ।  डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७

काँग्रेस जागरण अभियान : एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम

काठमाडौँ । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र


z